Logo

प्रेस युनियन सुनसरी कोरोना संक्रमित पत्रकारहरुको घरघरमा पुगी आत्मबल बढाउँदै

प्रभात खबर ३ जेष्ठ २०७८, सोमबार २०:०१ मा प्रकाशित

कृष्णकला राई
इटहरी, जेष्ठ ३ ।प्रेस युनियन सुनसरीद्वारा शूरु गरिएको मोबाइल डाक्टर सेवाअन्तर्गत आज प्रेस युनियन सुनसरीले इटहरीका ७ जना र इनरुवाका १ जना संक्रमित पत्रकारहरुको घरघरमा गएर निःशुल्क परामर्श सेवा प्रदान गर्दे संक्रमित पत्रकारहरुको आत्मबल बढाएका छन् ।
सुनसरीका कोरोना संक्रमित पत्रकार भन्छन्, ‘घरमै डाक्टर आउँदा आत्मबल बढ्यो’ प्रेस युनियद्धारा मोबाइल डाक्टर सेवा इटहरी सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधी र परामर्श दिदाँ आफूलाई कोरोनाबिरुद्ध लड्न आत्मबल पुगेको बताए ।


नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ । सोही सन्दर्भमा संक्रमित पत्रकार भट्टराईले भने, “हौशला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिन्छ, घरमै आइसोलेट भएर बसिरहेको अवस्थामा स्वमं चिकित्सकसमेत पत्रकार साथीहरुको टोली आइ आवश्यक परामर्श दिँदा मेरो आत्मबल झनै बढेको छ ।” प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा। अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, केयर फस्र्ट पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधी विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार गत वर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो जसमध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको छ ।

यसपटक दोस्रो चरणको भेरियन्टका कारण झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको बताउनु भयो । ‘हामीले संक्रमित पत्रकारहरुलाई हौशला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधी दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’

डा। अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसहरुलाई हौशला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताउनु भयो । डा खतिवडाले अहिलेको यस महामरीमा धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर हुने भएकोले र त्रासमा बाँचिरहेका कारण यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ बताउनु भयो । अहिले नकारात्मक समाचारहरु मात्रै आउने , महामारीको जनमानसमा त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको डा. खतिवडा भन्नुहन्छ । सोमबार युनियनले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषाध्यक्ष अजित झा, इटहरीका सञ्चारकर्मी बाबुराम खड्का लगायत आधा दर्जन बढी सञ्चारकर्मीको घरमै गएर सेवा प्रवाह गरेको थियो । ‘संक्रमित सञ्चारकर्मीको घरमै गएर यो किसिमको काम गर्नु ठूलो जिम्मेवारी हो,’ पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले भने, ‘यो सराहनीय काम हो यस्ता किसिमका काममा सबैले हातेमालो र आत्मबल बढाउने काम गर्न आवश्यक छ ।’

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार