Logo

कोभिड इटहरीः थप नयाँ ७८ जना संक्रमित गरि इटहरीमा कोरोना संक्रमितको संख्या पुग्यो ११००,

प्रभात खबर ३ जेष्ठ २०७८, सोमबार २१:३३ मा प्रकाशित

कृष्णकला राई
इटहरी, जेष्ठ ३
जेष्ठ ३ गते साँझ प्राप्त भएको विवरण अनुसार इटहरीमा कोरोना संक्रमितको संख्या ११०० पुगेको छ । २०७८।०१।३१ गते इटहरी रंगशालाबाट पिसिआर स्वाब संकलन गरिएका ३० स्वाबमध्ये २५ जना र( १५ पुरुष र १० महिला) जेष्ठ १ गतेको संकलित २०स्वाबमध्ये १४ जना ( ६ पुरुष र ८ महिला)को रिपोर्ट पोजेटिभ ९प्रदेश ल्याब विराटनगरबाट प्राप्त विवरणले देखाएको छ ।
त्यसैगरि अ ाज २०७८।०२।०३ गते, इटहरी रङ्गशालामा एन्टिजेन गराउने २८ जनामध्ये ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमणको पुष्टि भएकामध्ये पुरुषको संख्या ४ र महिलाको संख्या ५ रहेको छ ।त्यस्तै आज पिसिआर टेस्टका लागि २६ जनाको स्वाब संकलन गरिएको जानकारी इटहरी आइसोलेसन सेन्टरमा कार्यरत ल्याब टेक्निसियन निर्मल चौधरीले जानकारी दिनुभयो ।
हाल सम्मको जम्मा संक्रमित ११०० जना, संक्रमण भएको १४ दिन पुरा भएका २६६ जना र संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार