हिमाल राई
बराहक्षेत्र, जेष्ठ ५
बराहक्षेत्रमा आज जेष्ठ ५ गते थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका वडा नं २ बस्ने वर्ष ५६ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वडा नं २ मा ४२ जना कोरोना संक्रमितहरु रहेको जानकारी वडा नं. २का अध्यक्ष हरिकृष्ण भट्टराईले दिनुभयो । अध्यक्ष भट्टराईले दिनहुँ कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेको कारण सरकार तथा स्थानीय निकायले जारी गरेको निषेधाज्ञाले पूर्ण रुपले पालना गर्दे अत्यावश्यक काम बाहेक घरदेखि बाहिर ननिस्कन सम्पूर्ण आम नागरीकहरुलाई आग्रह समेत गरेका छन् । स्थानीय व्यापारी पुष्प पौडेल भन्छन् , “बराहक्षेत्र नगरपालिकाको वार्ड नं १( २ मा निषेधाज्ञाको उल्लघंन साथै कोरोना संक्रमितको वृद्धि दर हेर्ने हो भने जुनसुकै समयमा भयावह अवस्था सृजना हुन सक्छ ,त्यस कारण सम्बन्धित सरोकारवाला निकायले बेलैमा सचेत सजक भइ पुर्ण रुपले निषेधाज्ञा गर्न जरुरी छ।” बराहक्षेत्र नगर पालिका भित्र १६० कोरोना संक्रमितहरु छन् । संक्रमणबाट निको हुनेहरुको संख्या २९ रहेको छ भने संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ।