Logo

कोभिड इटहरीः एन्टिजेन परिक्षणद्वारा १७ जनामा कोरोना संक्रमणको पुष्टि

प्रभात खबर ५ जेष्ठ २०७८, बुधबार १८:५८ मा प्रकाशित

कृष्णकला राई
इटहरी, जेष्ठ ५
इटहरी आइसोलेसन सेन्टरमा आज ३० जनाले एन्टिजेन परिक्षण गराए जसमध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ । इटहरी आइसोलेसनमा कार्यरत ल्याब टेक्निसीयन निर्मल चौधरीले उपलब्ध गराउनु भएको विवरण अनुसार आज ३० जनाले एन्टिजेन परिक्षण साथै २९ जनाले पिसिआरका स्वाब नमूना दिएका थिए । एन्टिजेन परिक्षण गराउनेमध्ये १७ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएकामध्ये पुरुषको संख्या १० र महिलाको संख्या ७ रहेको छ ।
त्यसैगरि प्रदेश ल्याब विराटनगरबाट प्राप्त रिर्पोट अनुसार जेष्ठ २ गते पिसिआर परिक्षणका लागि संकलित १७ जनाको स्वाबमध्ये १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पुरुष संक्रमितको संख्या ६ र महिला संक्रमितको संख्या ४ रहेको छ ।
वडा नं. २ बाट २ जना, वडा नं. ४ बाट २ जना, वडा नं. ५ बाट १ जना, वडा नं. १६ बाट १ जना, वडा नं. १९ बाट १ जना, वडा नखुलेको बाट १ जना, त्यसैगरि दुहबीबाट १, र हनुमान नगरबाट १ जना गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश ल्याबले देखाएको छ ।

सम्बन्धित खवर

समाचार