Logo

प्रकाशपुर युवा जमातद्वारा कोरोना संक्रमितहरुलाई पौष्टिक आहारका साथै सेनिटाइजर वितरण

प्रभात खबर ६ जेष्ठ २०७८, बिहीबार ०८:०३ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र, जेष्ठ ६

प्रकाशपुर युवा जमातले वराहक्षेत्र ( १० स्थित प्रकशपुर क्षेत्रमा कोरोनाको जोखिम कम गर्न जोखिम क्षेत्रमा सेनिटाइज , संक्रमितहरुलाई पौष्टिक तत्व र स्वास्थ्य साम्रागी वितरण गरेको छ । वडाका उच्च जोखिम , संक्रमितको घर ( घरमा सेनिटाइज र होम क्वारेन्टाइनमा रहेका सक्रमितलाई पौष्टिक तत्व च्यवनप्रास, चियापति , चिनी, , सेनिटाइजर र माक्स प्रदान गरेको युवा जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले बताउनु भयो । तीव्र गतीमा कोरोना संक्रमण फैलिएपछि सक्रमणको उच्च जोखिममा रहेको प्रकासपुर क्षेत्रमा प्रकासपुर युवा जमातले सहयोगी दाताहरुको सहयोगमा जोखिम क्षेत्रमा सेनिटाइज, सक्रमितलाइ पोष्टिक तत्व उपलब्ध गराएको अध्यक्ष गुरुङ्गले बताए ।स्थानीय सरकारले कोरोना सक्रमण न्युनिकरण गर्न कुनै किसिमको कार्यक्रम नगरे पनि यस महामारीको समयमा युबा जमात जुरुमुराएको अध्यक्ष गुरुङ्गको भनाइ रहेको छ ।सक्रमितलाई हौसला प्रदान गर्न, परिवारलाई सचेत गराउनका साथै समुदायकामा चेतना बढाउन प्रकाशपुर युवा जमातले कार्यक्रम आयोजना गरेको बताउँछन् अध्यक्ष गुरुङ्ग ।

युवा जमातले पहिलो दिन बुधबार संंक्रमितको घर( घर र सम्भावित जोखिम क्षेत्र मानिएको प्रकाशपुर चौक, बजार , प्रहरी चौकी, स्वास्थ्य चौकी, सार्वजनिक स्थानलाई सेनिटाइज गरेका थिए । घरमै होम क्वारेन्टाइनमा रहेका ४३ जना सक्रमितलाई पोष्टिक आहार प्रदान गरेका थिए । बिहिबार वडा नं ९ मा पुगेर कोरोनाको जोखिम कम गर्न जोखिम क्षेत्रमा सेनिटाइज र सक्रमितहरुलाई पोष्टित तत्व र स्वास्थ्य साम्रागी प्रदान गरीनेछ । हाल सम्म वराहक्षेत्रमा १० प्रकासपुरमा ३८ जना र वराहक्षेत्र ९ मा १४ जना कोरोना संक्रमित रहेका छन। वडा नं १० का एक जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बराहक्षेत्र नगरपालिका भित्र १८० जना कोरोना संक्रमितको संख्या रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको र निको हुनेको संख्या २९ रहेको छ ।

सम्बन्धित खवर

समाचार