Logo

बराहक्षेत्र अपडेट ः बराहक्षेत्रका वडा नं. १ र २ एक हप्ताका लागि सिल गरिएको

प्रभात खबर ६ जेष्ठ २०७८, बिहीबार ११:५९ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र, जेष्ठ ६
ूबराहक्षेत्र वार्ड नं. १ र २ आज जेष्ठ ६ बाट एक हप्ताको‌ लागि सिल‌ गरीएको छ ।ू सुनसरी वडा नं १ र २ मा जनप्रतिनिधि, उद्योग वाणिज्य संघ,चतरा प्रहरी चौकी, सशस्त्र प्रहरी चतरा, तथा स्थानीय समाजसेवी व्यापारी तथा पत्रकार‌ लगायतकाहरुले वयरवन बजार, हाट खोला तथा, रेलवे लाईनमा सचेतना गराउदै पसल, कलकारखाना, यातायात साधनहरू बन्द गर्न आग्रह गर्दै घरदलानमा पुगेका छन् ।

वडा १ तथा २ मा कोरोना संक्रमितहरुको ‘संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको‌ तथा स्थानीय वासिन्दाहरुले निषेधाज्ञा उल्लंघन गरेपछि स्थानिय प्रशासनले वडा नं १ तथा २ एक हप्ता सम्मको‌ लागि सिल गरेको हो। वडाका वडाध्यक्ष सुरेस मान श्रेष्ठ, हरीकृष्ण भट्टराई, वडा सदस्य टेक बहादुर राई, सशस्त्र वेस क्याम्प चतरा प्रहरी निरिक्षक जस बहादुर राई, इलाका प्रहरी कार्यालयका स।इ।अमर लावती, उघोग वाणिज्य संघ प्रतिनिधित्व अध्यक्ष रमेश विष्ट, सचिव, पुष्प पौडेल, समाजसेवी लक‌ मान वि।क।, पत्रकार हिमाल राई लगायतको टोलीले स्थानीय बयरवन,हाट खोला, पुनर्वास, रेलवे लाईन, क्षेत्रमा पुगि पसल, व्यवसाय, सवारी साधन पूर्ण रुपले बन्द गरी एक हप्ता सम्म घरमा नै सुरक्षित वस्न सम्पुर्ण नागरिकहरुलाई आग्रह पनि गरे ।

अति आवश्यक काम बिना घर वाहिर उल्लंघन गरि निस्केमा २०२०अनुसार ‌स्थानिय प्रहरी प्रसासनले कार्वाही गर्ने सशस्त्र प्रहरी वेस क्याम्प चतराका निरिक्षक जस बहादुर राईले जानकारी दिए। बराहक्षेत्र नगरपालिका भित्र १८० जना कोरोना संक्रमित रहेका छन। निको हुनेको संख्या २९ रहेको छ। मृत्यु सख्या ‌७ पुगेको छ।

सम्बन्धित खवर

समाचार