Logo

बराहक्षेत्र कोरोना अपडेट ः नेपाली कांग्रेसद्वारा चतरा वयरवन बजारका जोखिम पुर्ण क्षेत्रलाई सेनिटाइज गरियो

प्रभात खबर ७ जेष्ठ २०७८, शुक्रबार ०९:४५ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र, जेष्ठ ७
बराहक्षेत्र सुनसरी नेपाली कांग्रेस बराहक्षेत्रका सचेत नेतादयहरुले चतरा वयरवन बजारमा कोरोना संक्रमितको संख्या अधिक रहेको अति जोखिम क्षेत्रमा सेनिटाइज गरेका छन् । वराहक्षेत्र नगर पालिका‌भित्र सबैभन्दा धेरै कोरोना संक्रमित रहेका वडा नं १ तथा २ को सक्रमित बिरामीहरुको घरदलान तथा सार्बजनिक स्थलमा पुगेर सेनिटाइज गरिएको कुरा प्रेस यूनियन बराहक्षेत्र नगर कमिटीका अध्यक्ष संगम विष्टले जानकारी दिनुभयो । रमेस कार्कीको संयोजकत्वमा आइतबारदेखि १०१ जना कोरोना नियन्त्रण, व्यवस्थापन समिति गठन गरि संक्रमित बिरामीहरुको घर तथा सार्वजनिक स्थलहरुमा सेनिटाइज गरिएको हो ।

नेपाली कांग्रेस बराहक्षेत्र संक्रमण नियन्त्रण टोलीले वडा नं १ तथा २ का अध्यक्षहरुको समन्वयमा कोरोनाका सक्रमण फैलन नदिने उदेश्यले संक्रमितहरुको घरदलान तथा सार्वजनि स्थलमा सेनिटाइज गरिएको कुरा सामाजिक अभियानका अभि यन्ता नेपाली कांग्रेस महा( समिति सदस्य अनु गुरुङले बताउनु भयो । बराहक्षेत्र ६, ७ तथा ८ वडामा कोरोना सक्रमितको घर ( घर पुगेर कोरोना नियन्त्रण गर्ने उद्देश्य लागि सेनिटाइज यस अघि पनि गरीएको थियो। यस अभियान टोलीले वराहक्षेत्र वडा नं १ मा तीन वटा सक्रमितको घर, इलाका प्रहरी कार्यलय चतरा, वडा नं २ का ३० संक्रमित बिरामीहरुको घर दलान, प्राथामिक स्वास्थ्य केन्द्र तथा सार्वजनिक स्थानहरुमा सेनिटाइज गरिएको छ। आज जेष्ठ बिहिबारदेखि ७ दिन सम्मका लागि वडा नं १, २, ६ तथा १० पुर्ण रुपले सिल गरिएको छ।कोरोना संक्रमण फैलन नदिन उद्देश्यले नेपाली कांग्रेसले कोरना संक्रमित बिरामीहरुको घर तथा सार्वजनिक स्थलहरुमा सेनिटाइज गरेकोमा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टटाईले सामाजिक अभियान्ताहरुलाई समाजमा उदाहरणीय कार्य गरेको भनि धन्यवाद व्यक्त गरे ,साथै सम्पुर्ण वडा वासिन्दाहरुलाई सचेत सजक सुरक्षित रहन तथा धैर्य धारण गरि निषेधाज्ञा पुर्ण रुपमा पालन गर्न सबैमा आग्रह समेत गरे । हाल सम्म वराहक्षेत्र वडा नं १ मा ७ जना र वडा नं २ मा ४४ जनामा कोरोना संक्रमण देखिएको छ। वडा नं २ का १ जना कोरोना संक्रमित महिलाको मृत्यु समेत भइसकेको छ। नगर भित्र १९ ७ पोजेटिभ विरामीहरु रहेका छन्। निको हुने विरामीहरुको सख्या ३५ रहेको छ। मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ।

सम्बन्धित खवर

Covid 19

समाचार