Logo

राहतको बोराभित्र दलको चिट्ठीः सामाजिक सञ्जालमा काँग्रेस इटहरी नगर सभापति पौडेलको व्यङ्गात्मक अभिव्यक्ति

प्रभात खबर ११ जेष्ठ २०७८, मंगलवार १७:४९ मा प्रकाशित

कृष्णकला राई
इटहरी, जेष्ठ ११
देशभरि सिलिण्डर लगायत अन्य स्वास्थ्य सामाग्रीमा आफ्नो तस्वीर राखी गृह जिल्ला डोटीका अस्पतालमा पु¥याइ आफ्नो प्रचार गरेको भनि वनमन्त्री प्रेम आलेको चर्चा सेलाउन नपाउँदा इटहरी उपमहानगरपालिकाभित्र पनि कोरोना संक्रमितहरुलाई राहत वितरणको नाममा राजनीति प्रचार प्रसार गरिएको भेटिएको छ ।


इटहरी उपमहानगरपालिका वडा नं. ३ को सुनौलो टोलका अधिकांश टोलवासी कोरोना संक्रमणको चपेटामा आएपछि सो टोललाई सिल गरिएको हो । यस टोलका टोलवासीलाई इटहरी उपमहानगरपालिकाकी उपमेयरले जेष्ठ १० गते राहतको नाममा केही खाद्यान्न सामाग्रीहरु वितरण गरेकी थिइन। तर बाँडिएका राहत सामाग्रीको बोराभित्र नेकपा एमाले इटहरी नगर समितिको पत्र बाँडिएको छ ।भेटिएको पत्रमा दोस्रो लहरको संक्रमणबाट सम्पूर्ण टोलवासीहरु संक्रमित भएको खबरले नेकपा एमाले इटहरी उपमहानगर कमिटी दुखित भएको र यस महामारीको सामना गर्न सिंगो नेकपा एमाले पार्टी टोलवासीहरुलाई साथ सहयोग पुर्याउन पहिलो चरणको राहत सामाग्री पठाइएको भनि उल्लेख गरेको छ ।


यस विषम महामारीको परिस्थितिमा इटहरी उपमहानगरपालिकाकी उपमेयर जनप्रतिनिधि भइ दलको झण्डा बोकेर के को राजनीति गरिरहेका हुन् भनी सामाजिक संजालमा नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले सामाजिक संजालमा व्यंगात्मक ढङ्गले आफ्नो आक्रोश पोखेका छन् । सभापति पौडेलका शब्दहरु,“ हिजोमात्र बैठकमा सर्वपक्षीय एकताको निर्णय गरेर निस्केको । आजै एमालेको मानवताविरोधि हर्कत, भोटको राजनिति, इटहरी उपमहानगरपालिकाकि उपमेयर जीले इटहरी ३ को सुनौलो टोलमा बाढेको राहतको बोराभित्र नेकपा( एमाले)इटहरी नगर समीतिको पत्र । इटहरीमा कोरोना परास्त गर्न सिङ्गो एमाले तपाईहरुको साथमा छ । धन्न यो देशमा इटहरीमा एमालेको कारण सास फेर्देछन् जनता, आज एमाले थिएन भने हावा चल्न पानी पर्न नि रोकिन थियो कि ?धन्न एमाले छ, अरु कोहि छैनन् सब दुलाभित्र छन् । कोभीड परास्त गर्न इटहरी, मा अस्पताल, पिसिआर परिक्षण्, आइसोलेसन के के निर्माणमा लागेको छ एमाले ? मानव सभ्यतामाथी कोरोनाले चुनौती दिएको यो घडीमा नगर सरकारको साधनस्रोतको दुरुपयोग गर्दै उपमेयर केको तयारीमा हिंड्दै छिन् । इटहरीभरिका मजदुरलाई, श्रमिकलाई जनताको कर तिरेको पैसाको राहत वितरण गर दलको झण्डा बोकेर हिंडने होइन जनप्रतिनिधिले । कति भन्नु सबैभन्दा ठुलो कुरा त शिक्षा र चेतना हो त्यहि नहुँदा मुख दुखेको । जय नेपाल।”

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार