Logo

महिला सशक्तिकरण आजको आवश्यकता

प्रभात खबर २६ जेष्ठ २०७८, बुधबार १७:४५ मा प्रकाशित


दिपा निरौला
इटहरी, जेष्ठ २६

महिला भन्नाले एउटी छोरी बुहारी श्रीमती आमा एति चार शब्दमा व्याख्या गर्न सकिन्छ। महिला बिना सृष्टि संचालन असम्भव छ यो सबैलाई थाहा भएको कुरा नै हो। र पनि कुनै महिलाले एउटा केही सामाजिक कार्य गर्नुपर्‍यो भने कुनै विचारको प्रतिनिधित्व गर्दै नेतृत्व गर्नुपर्‍यो भने उसलाई जति पुरुषबाट प्रहार हुन्छ, त्योभन्दा बढी स्वयं महिलाबाट नै हुन्छ। महिला सशक्तीकरणको लडाइँ पुरुषविरुद्ध लक्षित नभई पुरुषवादी सोच भएका मानिसविरुद्ध केन्द्रित हुनु जरुरी छ। हामीले सबैभन्दा बढि सोचलाइ प्राथमिकता दिनुपर्छ। जहाँ लैङगिक समानताको कुरा आउँछ, त्यहाँ महिला भएकै कारणले मैले यो पाउनु पर्छ भनेर वकालत गरिन्छ भने त्यसलाइ बिरोध गर्नु पर्छ।

म महिला हुँ, त्यसैले मैले यो पाउनुपर्छ भनेर आन्दोलन नगरीकन म त्यसको लागी सक्षम छु, म त्यो काम गर्न सक्छु भनेर आन्दोलन गर्नुपर्छ। महिला आरक्षण लिने, अनी समानताको कुरा गर्न सुहाउँदैन। बरु त्यही आरक्षित कुराको लागि चाहिने योग्यता पुराउन तालिम देउ, तालिमपछि म त्यो कुरा लिन्छु भन्न सक्नुपर्छ।पहिला महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउ, स्वावलम्बी बनाउ, उसलाई फक्रिन र फुल्न चाहिने कुराहरु उपलब्ध गराउ, अनिमात्र महिला सशक्तीकरण सम्भव हुन्छ।

आरक्षण आफैँमा नराम्रो हैन, आरक्षणको जुन हिसाबले प्रयोग भएको छ, त्यो राम्रो देखिएको छैन, आरक्षण सीमित अवधिका लागि हुनुपर्छ, त्यो अवधिमा बिनाआरक्षण प्रतिस्पर्धा गर्न सक्ने खुबीको विकास गर्नुपर्छ। सधैँ टिका लगाएर पाएको अधिकारमा रमाएर बस्नु भनेको परजीवी हुनु हो, त्यसले आत्मरति त अवश्य मिल्ला तर आत्मसन्तुष्टि कदापि मिल्दैन। नेपालमा धेरै महिलाले आत्मनिर्णयको आधार बिनाको अधिकार पाएका छन्।

नेपालमा अहिले बलात्कारविरुद्ध चेतना जागेको छ । तर बलात्कारका घटनाहरू घटेका छैनन् । बलात्कारको घटना रोक्न नेपालमा पनि पहिलो कुरा त कानून हुनैपर्छ । आवश्यक पर्दा मृत्युदण्डको पनि व्यवस्था हुनुपर्दछ । अब बन्ने संविधानमा त्यो व्यवस्था हुनुपर्छ । राजनितिक दलहरुले आ–आफ्ना चुनावी घोषणा पत्रमा राख्नु पर्छ । त्यस्तै महिलाहरुलाई जागरण र विशेष तालिमको व्यवस्था पनि गर्नु पर्दछ । जे होस् बलात्कार जघन्य अपराध हो । यसलाई रोक्ने समाजको मुख्य दाहित्व हो । जीवन सुन्दर छ यसलाई कुरुप नबनाउ भन्ने नाराले निकै राम्रो सन्देश दिन्छ । महिला पनि पुरुष सरह सम्पुर्ण कुराहरुमा सक्षम छ्न भन्ने कुराको आत्मसात गराउनका लागि हामी आफै माथी उठ्नु जरुरी छ। अनि मात्र समाज परिवर्तन र विकृती र महिला सम्बन्धि भएका विभिन्न दुर्ववहारहरुमा कमी हुन सक्दछ । हाम्रा आवाज एउटै हुनुपर्छ , अनि मात्र महिला सशक्तिकरण सम्भव हुनसक्छ र समाज परिवर्तनको शुरुआत सम्भव हुन सक्दछ।

सम्बन्धित खवर

समाचार