Logo

श्री बोधिसत्व विहार काठमाडौंद्वारा प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई आक्सीजन कंसन्ट्रेट लगायतका अति आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइयो

प्रभात खबर २७ जेष्ठ २०७८, बिहीबार १८:०१ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र सुनसरी, जेष्ठ २७
सामाजिक कार्यमा चर्चा परीचर्चा नगरी आफ्नो सामाजिक अभियानलाई भित्री रुपले निरन्तरता दिने सामाजिक अभियानका अभियन्ता हाल यु।के।९लन्डन०मा बसोबास गर्ने नेपाली चेली सुमि९राई० लिम्बूको पहलमा तथा श्री बोधिसत्व विहारका सामाजिक अभियन्ता मास्टर सन्त शर्मा तथा तिलक बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई ५ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। सामाजिक अभियन्ता सुमि९चाम्लिङ० लिम्बूका अनुसार स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्राथमिक स्वास्थ्य केन्द्र चतरामा कोभिड तथा अन्य विरामीहरुलाई अति आवश्यक पर्ने ू आक्सीजन कंसन्ट्रेटर ू उपलब्ध नभए पछि बराहक्षेत्र वडा नं २ बयरवन बजारमा वसेर विगत दुई दशक देखी निरन्तर सामाजिक कार्यमा पत्रकारिता गर्दै आउनु भएका अग्रज दाई हिमाल राईको आग्रहलाई स्वीकार गर्दै प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य सामाग्री ूअक्सिजन कंसन्ट्रेटर ३ थान तथा स्वास्थ्य सामग्री हरु उपलब्ध गराएको बताइन् ।

कोरनाले विश्वमा विकराल रुप लिए पछि संसारको कुनै पनि देश कोरोनाबाट अछुतो रहन सकेन। बराहक्षेत्र नगरभित्र पनि कोरोना संक्रमितको सख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ। बडा नं २ कोरोनाको हट स्पट रुपमा परिणत भइ २ जनाको मृत्यु भए पछि स्थानिय निकायले केही समयका लागि सिल गरेको थियो। प्राथमिक स्वास्थ्य केन्द्र चतरामा ू आक्सीजन कंसन्ट्रेटर अभावमाू कसैले अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उद्देश्यले हिमाल राई मार्फत स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइ दिएको कुरा सामाजिक अभियन्ता सुमि९राई० लिम्बूले जानकारी दिइन् ।

प्राथामिक स्वास्थ्य केन्द्र चतरामा दुई जना डाक्टर अनिल गिरी तथा ‌अन्जु थापा लगायतका ३५ जनाको स्वास्थ्यकर्मीहरु द्वारा १० बेडको आधारभुत अस्पतालको रुपमा संचालन आइरहेको छ। ०७७्७८ आर्थिक वर्षबाट १५ सैयाको आधारभुत अस्पतालको रुपमा संचालनमा आउने तयारीको साथ भवन निर्माण कार्यको सुभारम्भ भइसकेको छ। प्राथमिक स्वास्थ्य केन्द्रबाट दैनिक २०० देखि २५० जना सर्वसाधारण विरामीहरुलाई सार्वजनिक विदाको‌ दिन बाहेक विहान‌ ७ वजे देखि‌ बेलुका ८ वजे सम्म निस्सुल्क ओ।पि।डी।सेवा,२४ अौ घन्टा इमरजेन्सी,फार्मेसी,ल्याव, एक्सरे,प्रसुति सेवा सुविधा तथा हरेक सनिवार मेडिसिन विशेषज्ञ,वाल रोग, हाडजोर्नी,नसा रोग,आखा, भिडियो एक्सरे तथा फिजियोथेरापी लगाएतका गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउदै आएको कुरा डाक्टर अनिल गिरीले जानकारी दिए । सुनसरी,उदयपुर,धनकुटा तथा भोजपुर जिल्लाका केही गाउँ बस्तीका स्थानीय बासिन्दाहरुले प्राथमिक स्वास्थ्य केन्द्र चतराबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गुणस्तरीय सेवा सुविधा लिइरहेका छन। सामाजिक अभियन्ता सुमि९राई० लिम्बूको पहलमा हिमाल राईलाई आक्सीजन कंसन्ट्रेटर ३ थान , धरान आक्सीजन कंसन्ट्रेटर ५ थान, ताप्लेजुङ आक्सीजन कंसन्ट्रेटर ३ थान एन्टिजोन किट लगाएतका स्वास्थ्य सामाग्रीहरु रु २३ लाख ६५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । आक्सीजन कंसन्ट्रेटर ३ थान तथा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य सामग्रीहरु सामान पाए पछि डा। अनिल गिरीले प्राथमिक स्वास्थ्य केन्द्र तर्फबाट सुमि९राई० लिम्बू, श्री बोधिसत्व विहार बुढानिलकण्ठ काठमाडौंका सामाजिक अभियन्ताहरु मास्टर , सन्त शर्मा, तिलक बस्नेत सहितको टिमलाई आभार व्यक्त गर्दै मध्यस्तकर्ता स्थानीय पत्रकार हिमाल राई आभारलाई प्रकट गरे। बराहक्षेत्र नगरपालिका मेयर निलम खनाल, वडा नं २ वडा अध्यक्ष हरिकृष्ण भट्टराई, वडा सदस्य धन कुमारी वि।क।, डम्बर सिक्देल,ओम कुमार शर्मा, भेषराज धिमिरे, अमर कटुवाल, लाल कुमार राई, सशस्त्र वेस क्याम्प चतरा इन्स्पेक्टर जस बहादुर राई, इलाका प्रहरी कार्याल य चतरा स।इ अमर लावती स्वास्थ्यकर्मीहरु लगायतका उपस्थितीमा स्वास्थ्य सामग्रीहरु‌ हस्तान्तरण गरिएको थियो।

सम्बन्धित खवर

समाचार