Logo

वराहक्षेत्रमा कोरोना व्यवस्थापन कोरोना गाइडलाइनलाई कडाईका साथपालन गरौं

प्रभात खबर १३ असार २०७८, आईतवार १२:३९ मा प्रकाशित


हिमाल राई
वराहक्षेत्र
गत एक वर्ष दिनदेखि विश्व इतिहासको सबैभन्दा घातक महामारी नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीले मानवजातिलाई त्रस्त बनाएको छ । सत्रह महिनाको लामो समय वितिसक्दा समेत संक्रमण निर्मुल हुनुको बदलामा विभिन्न रुप परिर्वतनगर्दै सारा संसार लाई आप्mनो कालको गाँस बनाउँन अझै उद्धत देखिन्छ ।

दुई वर्ष अगाडि २०७६ साल माघ १६ गते चिनको हुबेई प्रान्तको राजधानी वुहाबाट फैलिएको कोभिड–१९ विस्तारै सम्पूर्ण विश्वलाई संक्रमित बनायो ।यस वाट नेपाल पनि अछुतो रहन सकेन ,संसारको सम्पूर्ण मानव समुदाय अहिले कोरोना भाइरसले संक्रमित भएको छ । बालक, युवा, महिला, पुरुष र वृद्ध–वृद्धा कोरोनाले पिडित छन्, लाखौंले ज्यान गुमाएका छन् भने धेरैले जीवनको लागि भाइरस संग अझै लडिरहेका छन् ।

महामारीले वराहक्षेत्रनगरपालिकालाई पनि आप्mनो शिकार बनायो । एक, दुई हँुदै शुरु भएको महामारी तिव्रताले, गुणनफल गतिमा बढेर पुरै नगरपालिकालाई संक्रमित बनाएको छ ।नगरमा संक्रमण फैलिन नदिनका लागि नगरपालिकाले तत्काल पहल गर्दै विभिन्न कदम उठाएको र सुरक्षा उपायहरु लागु गरिएको नगरप्रमुख निलम खनालले बताए ।

कोभिड संक्रमण फैलिएको पहिलो वर्षको शुरुवातमा कोरोनााबाट कसरी बच्ने भनेर नगरवासीलाई सुचना दिने, विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने र नगरको ११ वटै वार्डमा माईकिङ्ग गरिएको थियो ।
न.पा.को चतरास्थित रामानन्दाचार्य सेवापीठमा प्रदेश सरकारले यसैगरी महेन्द्रनगर, भरौल, प्रकाशपुर तथा मधुवनमा आइसोलेसन सेन्टर स्थापना गरेको थियो ।केही समय सेवापीठमा हाल्डिङ्ग सेन्टर समेत सञ्चालन गरियो ।

संक्रमण दर बढ्दै गएपछि न.पा.मा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, एक जिल्लाबाट अर्को जिल्लाको यातायातमा रोक लगाउँन चतराको कोशीपुल, छिमेकी कोशीगाउँपालिकालगायत विभिन्न नाकामा कोभिड–१९ पोष्ट खडा गरिएको थियो ।कामविशेषले गर्दा प्रशासनबाट अति जरुरी पास लिएर आएकोलाई तापक्रम जाँचेर अनुकल भएमात्र न.पा.मा प्रवेश गर्न दिएको खनालले बताए ।

पहिलो चरणमा कोभिडलाई बुझ्दैमा बितेको थियो, केही सम्हालिन नपाउँदै लगत्तै आएको दोश्रो चरणको लहरले बढि आक्रमक ढंगमा न.पा.को प्रत्येक गाउँ टोललाई संक्रमित बनायो ।

कोरोनाको दोश्रो लहरबाट नगरवासीलाई बचाउँन यसपटक भने शुरुदेखि तादरुकता देखाउँदै माइकिङ्गबाट सुचना दिने कामलाई जारी राखियो ।शंका लागेका अथवा कोरोनाको लक्षण देखिएकाहरुलाई वार्ड वार्डमा गएर दु्रत परिक्षण विधि र आर टी पिसीआर ( रिवर्स टं«ासक्रिप्सन पोलीमेरेज चेन रियक्सन ) जांचलाई निरन्तरता दिइएको, नगरको जनस्वास्थ्य निरीक्षकउमेश मेहताले बताए ।

न.पा.मा जेष्ठ नागरिकलगायत अन्यनागरिकलाई कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड र भेरोसिललाई दुई चरणमा लगाइएको थियो ।यता न.पा. र निजि दुवैले कोभिडको लकडाउनमा दैनिक मजदुरी गर्ने विपन्नलाई खाद्यान राहत वितरणसमेत गरेका थिए । न.पा.ले वडापिच्छे परिवारलाई चामल ,दाल, तेल, नुन, आलु र सोयाबीन खाद्यान्न उपलब्ध गराएको थियो ।

स्वःस्फूर्तरुपमा गठन भएका युवाको समूहले पहिलो तथा दोश्रो चरणमा मजदुरहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । कतिपय युवाले संक्रमितको घर–घरमा गएर औषधी छर्कने, कोरोनाको बिरामीलाई मास्क, सेनीटाइजर, विटामिन सी, टाउको र जिउदुख्ने तथा ज्वरो रोक्ने चक्की (ट्याबलेट) बाड्ेका थिए ।

काठमाण्डौको बोधिसत्वविहार बुढानिलकण्ठ संस्थाले साढे पाँचलाख रुपैया बराबरको अक्सीजन कन्सन्ट्रेटर ३ थान र स्वास्थ्य परिक्षण सामाग्री वार्ड नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई प्रदान गरेको थियो ।स्थानिय पत्रकारमार्फत सूमिराई लिम्बु, बोधिसत्व संस्थाका मास्टर सन्त शर्मा र तिलक बस्नेतले प्रा.स्वा.केन्द्रलाई गरेको सहयोगकोमा, केन्द्रका व्यवस्थापन प्रमुख डाक्टर अनिल गिरीले आभार प्रकट गरे ।

अंग्रेजी इस्वी सम्वत २०१९ को डिसेम्बर महिनामा वुहानमा भेटिएको नोवेल कोरोना भाइरस कोभिड–१९लाई विश्व स्वास्थ्य संगठनले जनवरी महिनामा अन्तराष्ट्रिय स्वास्थ्य आपातकाल र ३ महिना ११ मार्चमा मात्र महामारी घोषणा गरिएको थियो ।

 

भाइरसको संक्रमणबाट बच्न जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सुनसरीले जारी गरेको सुचना गरिएको लकडाउनलाई नगरपालिकाले पनि लागु गर्याे ।
चरणबद्ध गरिएको लकडाउनलाई आम जनताले केही समय त पालन गरे, तर पछि बेवास्ता गरे । मानविय संकटको घडीमा मास्क न लगाउने, विवाह र भोजभतेरमा भिड जम्मा गरेर लापरवाही गरियो ।

यसले गर्दा पुरा नगरपालिका कोरोनामय बन्यो र यसको भाइरस न.पा.वासीको घर घरमा सजिलै प्रवेश पायो । फैलिएको महामारीबाट करिव २ दर्जन बढि संक्रमितहरुले ज्यान गुमाएका थिए, जसमा जेष्ठ महिलाहरुको संख्या बढि रहेको थियो ।नगरमा संक्रमितहरुको एकिन संख्या एतिहो भन्न गाहे छ, किनभने कोरोना महामारी अझै सक्रिय छ ।संक्रमितको लागि चक्रघट्टीको सप्तकोशी कलेजमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएको ६५ जना संक्रमितहरु ५० जना निको भएर घर गएको छन् । सेन्टरमा २ र वाहिर रेफर गरिएको १ जना गरी ३ कोभिड बिरामीको मृत्यु भएको र सेन्टरमा अहिले ७ जना रहेको प्रमुख अहेब प्रमोद यादवले जानकारी दिए । नगरमा अहिलेसम्म करिव पांच सय बाउन्न जनाको स्वास्थ्य परिक्षण गरिइएको छ भने नगरवासीलाई दुई चरणमा केही खोप लगाइएको छ ।

हाल सम्म कोभिड–१९ कोरोनाभाइरसले विश्वमा करिव १८ करोड मानिस संक्रमितभएका छन् तथा ३८ लाख ८० हजारले ज्यान गुमाएका छन् । कोरोना महामारीको विषण परिस्थितबाट पार पाउँन सम्पूर्ण विश्व समुदाय युद्धस्तरमा लागेका छन् ।

विकसित देशहरु अमेरिका र रुस, जापान, ब्रिटेन र जर्मनी यसैगरी छिमेकी देश भारत र चीनले फाइजर, मडर्ना, स्पुनिक, कोभिसील्ड, कोभ्याक्सीन र भेरोसेल खोपको विकास गरेका छन्, त्यस मध्ये कोभिसिल्ड र भेरोसेल नेपालमा आएका छन् , तर सबैले खोप लगाउन भने पाएका छैनन् ।

विभिन्न भेरियन्टको कोरोनाभाइरस आउँन ेक्रम जारी छ, यसै क्रममा बढि असरदार र धेरै समयसम्म टिक्ने डेल्टाप्लस भेरियन्ट, नेपाललगायत अमेरिका, भारत, जापान, रुस, ब्रिटेन, स्वीजरल्यान्ड र पोर्चुगलमा आएको छ ।

पहिलो र दोश्रो लहरले प्रस्त बनाएको मानवजातिलाई कार्यशैली परिवर्तन गरेर आइरहेको कोरोना महामारीबाट विश्वले कहिले उन्मुक्ति पाउने हो कुनै निश्चित छैन् ।मानवजातिको संकट महामारीबाट पार लगाउन चिकित्सकले बारम्बार भनिरहेको सबैभन्दाउत्तम र असरदार उपायभनेको कोरोना प्रोटोकोललाई मान्नु नै हो ।

जुन भनेको २ मिटरको व्यक्तिगत दुरी बनाएर अनिवार्य मास्कको प्रयोग गर्नु, पटक पटक २० सेकेन्ड सम्म साबुनपानीले हातधुने र अति आवश्यक काम हुँदामात्र घर वाहिर जाने नियमलाई, इमान्दारीका साथ मान्ने हो कोरोनोलाई हराउँन सकिन्छ ।

कोभिड–१९ कोरोना लाई परास्त गर्न कडाइका साथ कोरोना गाइडलाइन लाई पालन गरौं, आफु बचौं, अरुलाई पनि बचाऔं ।

सम्बन्धित खवर

Covid 19

समाचार