Logo

वर्ष २०२१–०२२ का लागि लायन्स क्लब अफ इटहरी सिटीको नेतृत्व गायत्रीको हातमा

प्रभात खबर १७ असार २०७८, बिहीबार १०:०८ मा प्रकाशित

इटहरी, असार १७
कृष्णकला राई
होटेल इन टुरिष्टमा मंगलवार असार १६ गते वर्ष २०२०–०२१ का अध्यक्ष लायन लोकेन्द्र ढकालको अध्यक्षतामा लायन्स क्लब अफ इटहरी सिटीको हेन्ड ओवर÷टेक ओवर कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा २०२१–०२२ का लागि लायन्स क्लब अफ इटहरी सिटीका अध्यक्ष पदमा लायन गायत्री कटुवाल भण्डारी चयन भएकी हुन् । २०२०–०२१ का अध्यक्ष लायन लोकेन्द्र ढकालले अध्यक्षको माला पिन सहित २०२१–०२२ का लागि चयन हुनु भएकी नवअध्यक्ष गायत्री कटुवाल भण्डारीलाई हस्तान्तरण गर्दे दुवै अध्यक्षहरुले हेन्ड ओवर÷टेक ओवर गरेका थिए ।


उक्त कार्यक्रममा २०२१–०२२ का लागि फस्र्ट भि.पी.मा लायन सुशिला ढकाल, सेकण्ड भि.पी.मा लायन सोमनाथ गौतम, थर्ड भि.पी. मा लायन अम्बिका नेपाल चयन भएका छन् भने त्यसैगरि सचिव पदका लागि लायन महेश कार्की एवम् कोषाध्यक्षमा लायन क्रिस्ट्रिना थापा चयन भएका हुन् ।


फस्र्ट जुलाइदेखि लायन्सको कार्यकाल शुरु हुने र यस अन्तर्गतको पहिलो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम आज असार १७ गते मानव सेवा धर्म इटहरीको प्राङ्गणमा २५ वटा फलफूलका विरुवाहरु रोपेर वृक्षारोपण कार्यक्रम गरिने जानकारी लायन्स क्लब अफ इटहरीका नवनियुक्त अध्यक्ष लायन गायत्री कटुवाल भण्डारीले दिएकी छिन् ।
लायन्स क्लब अफ इटहरी सिटीका अध्यक्षता ग्रहण गरे संगे भण्डारीले आफ्ना पति गोपाल भण्डारीलाई पनि लायन्स परिवारमा सदस्य बनाएकी छिन् । गायत्री कटुवाल भण्डारी लामो समयदेखि इटहरीमा एक सफल महिला उद्यमी एवम् समाजसेवीका रुपमा परिचित छिन् । ।रेडिमेट व्यावसायी संघ इटहरीकी संस्थापक अध्यक्ष लगायत उद्योग वाणिज्य संघ इटहरीको वर्तमान कोषाध्यक्ष पदमा समेत रहि इटहरीका व्यावसायीहरुलाई सेवा पुर्याउँदै आएकी छिन् ।

सम्बन्धित खवर

Covid 19

समाचार