Logo

पहिलो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ इटहरी सिटीद्वारा वृक्षारोपण

प्रभात खबर १७ असार २०७८, बिहीबार २०:०३ मा प्रकाशित

इटहरी, असार १७
कृष्णकला राई
लायन्स क्लब अफ इटहरी सिटीले वर्ष २०२१–०२२को पहिलो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज जुलाई फस्र्ट पहिलो दिन मानव सेवा समिति इटहरीको प्राङ्गणमा फलफूलका विरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न गर्दे वर्ष २०२१–०२२ को शुभारम्भ गरेको छ ।


वर्ष २०२१–०२२ का लागि नवनियुक्त अध्यक्ष लायन गायत्री कटुवाल भण्डारीको अध्यक्षतामा, साथै नेपाल मानव सेवा समिति, इटहरीका संरक्षक अध्यक्ष अम्बीका बाईजी, को प्रमुख आतिथ्य एवम् जोन चेअर पर्सन लायन लोकेन्द्र ढकालको विशिष्ट आतिथ्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२१–०२२ का नवनियुक्त अध्यक्ष गायत्री कटुवाल भण्डारीको नेतृत्वमा क्लबका टिम सदस्यहरुद्वारा मानव सेवा समिति इटहरीको प्राङ्गणमा विभिन्न प्रजातिका फलफूलका २५ वटा विरुवाहरु रोपेर पहिलो दिनको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।


हिजो भर्खरे असार १६ गते लायन्स क्लब अफ इटहरीका वर्ष २०२०–०२१ का अध्यक्ष लायन लोकेन्द्र ढकालले अध्यक्षको माला पिन सहित वर्ष २०२१–०२२ का लागि लायन गायत्री कटुवाल भण्डारीलाई हस्तान्तरण गर्दे हेन्ड ओवर –टेक ओवर गरेका थिए । आज असार १७ गते सम्पन्न भएको पहिलो सप्ताहव्यापी कार्यक्रमअन्तर्गतको वृक्षारोपण कार्यक्रममा मानव सेवा समितिका पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिवहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Covid 19

समाचार