Logo

लायन्स क्लब अफ इटहरी सिटीद्वारा सिटी सफारी चालकहरुलाई कपडा वितरण

प्रभात खबर १७ श्रावण २०७८, आईतवार २०:५१ मा प्रकाशित

कृष्णकला राई
श्रावण १७,इटहरी
लायन्स क्लब अफ इटहरी सिटीले आज आइतबार इटहरी जेसीज भवनको सभाकक्षमा एक कार्यक्रम आयोजना गरि ६९ जना सिटी सफारी चालकहरुलाई विण्ड चिटर वितरण गरेको छ ।


लायन्स क्लब वर्ष २०२१–०२२ की अध्यक्ष लायन गायत्री कट्वाल भण्डारीको  सभापतित्व, डिस्ट्रिक गर्भनर लायन रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कपडा वितरण कार्यक्रममा इटहरीका ६९ जना सिटी सफारी चालकहरुलाई विण्ड चिटर वितरण गरिएको हो ।


समाजका हरेक क्षेत्रमा निरन्तर रुपले महत्वपुर्ण भुमिका खेल्दै आएको लायन्स क्लब अफ इटहरी सिटीले यस पटक श्रमिक वर्गलाई लक्षित गरि हरेक मौसममा निरन्तर सेवा पु¥याउँदै आएका सिटी सफारी चालकहरुको श्रमको कदर गर्दे क्लबले सो कार्यक्रम आयोजना गरि विण्ड चिटर वितरण गरेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख आतिथि लायन रेवत बहादुर कार्कीले इटहरी मात्र होइन देशभरि नै लायन्सका पदाधिकारीहरु क्लब विस्तार संगसगै सामाजिक क्षेत्रमा सेवा दिँदै आएको बताउनु भयो । त्यसैगरि प्रमुख अतिथि लायन कार्कीले सुन्दर हरैचामा रहेको गौशाला वृन्दावन क्षेत्रसंग मिलेर लायन वाटिका बनाउने यस वर्षको योजना रहेको र मातहतका लायन्स क्लब एवम् पदाधिकारीहरुलाई सहयोगका लागि हातेमालो गर्दे अघि बढ्ने बताउनु भयो ।


कार्यक्रममा जोन चेयर पर्सन लायन लोकेन्द्र ढकाल, लायन नरनाथ सापकोटा, लायन टंककुमारी गुरुङ लगायतका अन्य पदाधिकारीहरुले शुभकामना मन्तव्य दिनुभयो । इटहरी सिटीद्वारा आयोजित कपडा वितरण कार्यक्रमको उद्घोषण फर्स्ट भिपी लायन शुशिला ढकालले गर्नुभएको थियो भने सेकेन्ड भिपि लायन सोमनाथ गौतमले स्वागत मन्तव्य साथै लायन कौशल श्रेष्ठले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार