कृष्ण कला राई
इटहरी ,श्रावण २९
इटहरीमा केहि दिनदेखि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिककलाल चौधरी अमर्यादित ढंगबाट प्रस्तुत भएको देखिन्छन् ।
इटहरी -४का एक स्थानिय यामप्रसाद ढकाललाई नगर प्रमुख चौधरीले प्रशासकीय अधिकृतको कार्यकक्षमा ३ घण्टा बन्दी बनाएको आरोप लगाउँदै नेपाली काँग्रेस इटहरीले नगरपालिका अगाडि विरोध प्रदर्शनका साथै विहिवार निमित्त प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र समेत बुझाएको थियोे ।
नेपाली काँग्रेसको विरोध प्रदर्शनका कुरालाई लिएर काँग्रेस नेता साथै गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयरका प्रत्यासी तथा व्यवसायी रोहित प्रसाईंलाई पैनीको जग्गा मिचेर प्लटिङ गरेको भनी सामाजिक सञ्जालमा नगर प्रमुख चौधरीले अारोप लगाउँदै स्टाटस लेखेका थिए ।
समाजिक सञ्जालमा लेखिएको अाफ्नो स्टाटस अनुसार नगर प्रमुखले अाज २०७८/४/२९ गते नगर प्रहरी साथै नेपाल प्रहरी लाई काँग्रेस नेता प्रसाईले गरेको प्लटिङ क्षेत्रमा पठाएका थिए तर स्वम् नगर प्रमुख चौधरीको भने उपस्थिति थिएन। सो सुचनाको अाधारमा इटहरी कांग्रेस नगर सभापति हेमकर्ण पौडेलसहित प्रसाईं पनि प्लटिङमा पुगेका थिए । सो प्लटिङ गरेको क्षेत्रमा स्थानीय साथै सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति भएतापनि नगर प्रमुख भने उपस्थित थिएनन् ।नगरप्रमुखद्वारा चालिएको कदम बारे साथै सम्बन्धित विषयमा जानकारी लिन केही सञ्चारकर्मी नगर प्रमुख भएको कक्षमा पुग्दा नगर प्रमुख भने आफ्नो पार्टिका वडा अध्यक्ष ,वडा सचीवका साथै आफ्नै पार्टीका केही युवाहरु सँग बैठकमा व्यस्त भएको देखियो ।
कार्यकारी प्रमुखको कार्यकक्षमा बैठक बसिरहेका बेला इटहरीका साहित्यकार , अभियन्ता एवम् माओवादी केन्द्रका नेता नवराज मैनाली पुगेका थिए । नगर प्रमुख द्वारा गरिएको गतिविधिबारे मैनालीले बुझ्न खोज्दा नगर प्रमुखले निकै समय कुराएर भेट गर्न नदिएपछी नगर प्रमुख चौधरीविरुद्ध मैनालीले सामाजिक सञ्जालमार्फत अाक्रोश पोखेका छन् ।
सार्वजनिक जग्गा मिचेर प्लटिङ गरेको भनी अारोप लागेका रोहित प्रसाईंसंग स्थानिय एवम् संचारकर्मीले बुझ्दा नगरपालिका र वडाले इजाजत दिए पश्चात् आफुले संरचना तयार गरेको र कुलो पैनीको एक इन्च पनि आफुले नमिचेको भन्दै नगर प्रमुख अाफुलाई बद्नाम गराउन लागिपरेको गुनासो उनले पोखेका छन् ।