Logo

साथीमार्टको  ७३औं आउटलेट इटहरीमा

प्रभात खबर ३० श्रावण २०७८, शनिबार १२:२१ मा प्रकाशित

कृष्ण कला राई
इटहरी , श्रावण ३०

नेपालकै  ठुलो  रिटेल चेन सुपरमार्केट साथीमार्टले मिलनचोक, इटहरीमा नयाँ आउटलेट संचालनमा ल्याएको छ । श्रावण ३० गते शनिबारबाट सन्चालनमा आएको मार्टले ओ टु ओ (अनलाइन टु अफलाइन) दुबै सुविधा उपलबध गराएको छ।
उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष भिम पौडेलले अाज शनिवार साथी मार्टको ७३औं शाखाको उद्घाटन गर्नुभयो ।करिब ३ करोड रुपैयाँ लागतमा संचालित इटहरी  शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (वितरण केन्द्र) समेत रहने छ ।
इटहरीको फुलबारी लाइन स्थित मिलनचोकमा खुलेको मार्टको आउटलेट वेयरहाउस सहित पाँच हजार वर्गफिट रहेको बताइएको छ। फेन्चाइज नभइ साथीमार्ट इन्कर्पोरेट प्रा. लि. को पुर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM)  मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबी केयर, किचन वयर, लिकर, वर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध छन्।
मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुबिधा रहेको छ । स्टोर पुर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले संचालन हुने नेपालकै पहिलो मार्ट हो। साथै मार्टले ग्राहकलाई पिक अप सम्मको सुविधा प्रदान गर्नेछ।
ग्राहकहरुका लागि एन आइ सि एसिया बैंकबाट समान खरिद गर्दा २०% सम्मको छुटका साथै स्पिन द व्हील बाट उपहार जित्ने मौका रहेको र ग्राहकको लागि फोटो कन्टेस्ट जसबाट समाजीक सञ्जालमा थप मनोरन्जन बढाउन सफल हुने विश्वास मार्टको रहेको छ।यसका  साथै यस आर्थिक वर्षभित्र फ्रेन्चाइज मोडलमा २ सय ५० वटा र साथीमार्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा  ठुला आउटलेट खोल्ने कार्यक्रम रहेको छ जानकारी मार्टका संस्थापक सिइओ सागर पोख्रेलले दिनुभयो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार