Logo

इतिहासमा इटहरी भयो सार्वजनिक

प्रभात खबर १ भाद्र २०७८, मंगलवार १९:०८ मा प्रकाशित

कृष्णकला राई
इटहरी, भाद्र १
नेप्ली मिडिया प्रा.लि.द्वारा प्रकाशित पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ ।इटहरीमा आज भाद्र एक गते एक कार्यक्रमका बीच इटहरीका अग्रजहरुद्वारा इटहरीको इतिहास समेटेर तयार पारिएको पुस्तक ‘इतिहासमा इटहरी’विमोचन गरिएको हो ।
नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गा दाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्तरुपमा इतिहासमा इटहरी पुस्तक विमोचन गरेका हुन्।विमोचन कार्यक्रममा, पुस्तकका लेखक एवम् सम्पादक हिमाल दाहालले पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न विषयको इतिहासका साथै वर्तमान अवस्था र भावी सम्भावनालाई समेत समेटिएको बताए ।


कार्यक्रममा इटहरीका अग्रज पत्रकार कृष्णविनोद लम्साल, पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसीलाई सम्मान समेत गरिएको थियो ।पुस्तक लेखनमा लामो समयदेखि इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने कार्यमा उनीहरुको सक्रिय सहभागिता रहेकोले उनीहरुलाई सम्मान गरिएको हो ।
इटहरीका मेयर द्वारिकलाल चौधरीले यस पुस्तकलाई इटहरीको सम्पत्ति बताए। वषौंदेखिको प्रयास साथै अग्रजहरुको योगदान फलस्वरुप इटहरीले ठुलो सम्पत्तिको रुपमा इतिहासमा इटहरी प्राप्त गरेको उनले बताए । पुस्तकका सम्पादक हिमाल दाहालले पाँचवर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै पुस्तक प्रकाशनमा इटहरी नगरवासीहरुको आर्थिक र भौतिक सहयोग प्राप्त भएको बताए ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार