Logo

काँग्रेस नगर अधिवेशनमा हेमकर्ण पौडेलको उम्मेदवारी घोषणासंगै सिङ्गो इटहरी चलायमान

प्रभात खबर २४ भाद्र २०७८, बिहीबार १२:४४ मा प्रकाशित

कृष्णकला राई
इटहरी, भाद्र२४।
सत्ताधारी पार्टी नेपाली काँग्रेसको महाधिवेशन चलिरहेको छ । यतिबेला देशैभरि वडा स्तरीय प्रतिनिधी छान्ने काम भईरहेको छ । मंसिरमा हुने केन्द्रीय तहको महाधिवेशन अगावै स्थानीय स्तर, नगर, गाउँ, जिल्ला प्रदेश सबैतिर नेतृत्व चयन गर्नुपर्ने विधान अनुसार वडा तहका अधिवेशनहरु सकिएपछि लगत्तै आउने नगरस्तरमा पनि काँग्रेस नेतृत्वको चुनावी सरगर्मी बढदै गएको छ । इटहरीको कांग्रेस नेतृत्वमा सबैभन्दा प्रभावशाली देखिएको र यस अघि पनि सभापति रहीसकेका पौडेलले फेरी यस पटक पनि उम्मेद्धारी दिने घोषणाले चर्चा बटुलेको छ । साविकको इटहरी उपमहानगरपालिका अहिलेको हाँसपोसा, खनार, पकली, एकम्बा, बक्लौरीको केही भाग र सोनापुर क्षेत्र समेत हुँदै छिमेकी दुहवीको सिमासम्म पुगि २० वटा वडामा विभाजित उपमहानगरपालिका भएको छ । राजनैतिक रुपमा वामपन्थी शक्तिहरुसंग प्रतिष्प्रर्धा गर्न सक्ने नेतृत्व इटहरीलाई चाहिएको कुरामा हेमकर्ण पौडेल उपयुक्त नेता मानिन्छन् । गत अघिल्लो चुनावमा प्रदेश सभाको सांसदको लागि विजेता एमालेका सर्वध्वज साँवासंग झण्डै बराबरीको हिसाबले मत प्राप्त गरेका पौडेलको यतिबेला क्रेज बलियो देखिन्छ ।

“स्थानीय चुनावमा इटहरी मेयरको दावेदारी पौडेललाई गुटगत राजनीतिले व्याक गरायो तर पनि उनी संयम बनेर सहयोद्धा उम्मेदवारलाई प्रेमपुर्वक सघाएको व्यवहारले उनको स्तरलाई झनै माथि पुरायो ।”

किसान, मजदुर, विद्यार्थी, जेष्ठ नागरिक, धनी, गरिव, कर्मचारी, व्यापारी लगायत सवैपक्षलाइृ समेटेर हिंडन सक्ने पौडेल काँग्रेसीहरुका लागि मात्र होइन सबै इटहरी वासीका लागि योग्य नेता मानिन्छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेर थुप्रै हण्डरठक्कर खाएका अनुभवी नेता मानिन्छन् नेता पौडेल ।शोषित पीडित जनताको लागि सधै आवाज उठाउँँदै न्याय, स्वतन्त्रता, समावेशी, समानुपातिक व्यवस्थाको पालनाका लागि कहिल्यै नथाकेका र परिवर्तनको लागि नझुकेका युवा नेता पौडेललाई उनका विरोधीहरुले फसाएर शरीर बन्धक र अपहरण काण्डमा मुछेका थिए । उक्त मुद्धा सर्वौच्चबाट किनारा लागेपछि झन् इटहरीमा एउटा उदयीमान युवा राजनीतिज्ञ हेमकर्ण पौडेलको चर्चा चुलिने क्रम शुरु भएको हो ङ्ग । जनताकोलागि लडने नेतालाई यस्ता षडयन्त्रहरु हुन्छन् सामना गर्नु पर्छ पौडेल भन्छन् । इटहरीको राजनीतिक फिल्डमा रहेका केही सिमित पात्रहरुमध्येका प्रतिस्पर्धीहरुमा अग्रपंक्तिमा सदैव हेमकर्ण पौडेलको नाम पर्छ । उमेरले भर्खरै ४० कटेका पौडेल स्थानीय तहमा प्रभावशाली युवा नेता मानिने कुरामा दुईमत छैन ।

विकास केसी नेवि संघका पुर्व केन्द्रिय उपाध्यक्ष

विकास केसी नेवि संघका पुर्व केन्द्रिय उपाध्यक्ष

सत्ता राजनीतिको सेरोफेरोमा प्रतिस्पर्धी कांग्रेस पार्टीको इटहरी सभापति भईसकेको अनुभवको भरमा मात्र पौडेल प्रभावशाली नभई उनीसंग दमदार भाषण कला पनि छ । उचित सन्दर्भमा उचित तर्क गर्न सक्ने, फरक राजनीतिक सहयात्रीहरुसंग मिजाशिलो भएर प्रस्तुत हुन सक्ने, धनी, गरिव, साना ठूला भनेर कोही कसैप्रति विभेद नगरी भावनात्मक सम्बन्ध स्थापित गर्न सक्ने खुबी राख्छन् पौडेल । कुनै प्रकारको अहंमता नभएको साथै हैकम प्रवृती नरहेकाले समाजमा मिडिया जमातमा समेत पौडेल एउटा छुटटै क्रेज भएको नेताको रुपमा देखिन्छन् । समसामयिक विषयमा खरा टिप्पणीहरु लिएर संचार माध्यमहरुमा बेलाबखत कलम चलाउन उतिकै सिपालु पौडेलले बौद्घिक जगतमा आफनो क्रेज पस्कन उत्तिकै खप्पिस देखिन्छन् । अल्छी , आलस्यपन कतै नदेखिने , जोस —जाँगर र सृजनालाई बराबरी तौलेर प्रस्तुत हुने पौडेलले राजनीतिक प्रतिस्पर्धीलाई चिड्याउने र व्यक्तिगत घोचपेच नगर्ने पौडेललाई फरक पार्टीका मान्छेले पनि रुचाउँछन् । राजा फालेर गणतन्त्र ल्याउन भएको १९ दिने जनआन्दोलनमा युवापंक्तिबाट दृढता पूर्क लडेका हेमकर्ण पौडेलले निष्ठाको राजनीतिलाई अङ्गालेको देखिन्छ ।

स्थानीय चुनावमा इटहरी मेयरको दावेदारी पौडेललाई गुटगत राजनीतिले व्याक गरायो तर पनि उनी संयम बनेर सहयोद्धा उम्मेदवारलाई प्रेमपुर्वक सघाएको व्यवहारले उनको स्तरलाई झनै माथि पुरायो । गणितीय हिसाबले कांग्रेस हारेपनि उनको लगावको हिसाबकिताबले दोस्रो वर्ष लगतै भएको प्रदेश सांसदमा टिकट प्राप्त गरि पुर्व मेयर सर्वध्वज सावाँसंग दर्हाे प्रतिस्पर्धी बनेका थिए पौडेल । साँवकै पक्षमा नतिजा आएपनि हेमकर्णले स्वागतको पहिलो पंक्तिमा उभिएर अंकमाल गरि बधाई र शुभकामना दिइ सानो ठाउँबाट उच्च राजनीतिक संस्कार देखाउन सकेको कुरा जनताले भुलेका छैनन् । पौडेलका यस्ता विशेषताहरुबाट अरु राजनीतिज्ञहरुले सहनशिलाका साथै सहानुभुतिका पाठ सिकेका पक्कै छन् । कोरोना महामारिका कारण पहिलो पटक भएको लकडाउनमा भोकमा परेका जनतालाई कसैले पनि राहत दिने सोच समेत नराखेको बखत काँग्रेसको तर्फबाट इटहरीको स्थानीय तहलाई आफनो स्थानबाट १० हजार कुइन्टल चामल राहत सहायता दिने घोषणा गरेपछि सिंगो इटहरी चलायमान भएको थियो । लगत्तै लकडाउनबाट गरिव वर्गमा सृजित भएको समस्यालाई ६ महिना सम्म टार्न सक्ने घोषणा गर्न इटहरीका मेयर द्वारिकलाल चौधरीलाई उत्साहको रसायन प्रदान गराएको सबैलाई राम्रोसंग थाहा छ । यसमा पौडेलको रणनीनितीले काम गरेको बौद्घिक जगतमा कहिबाट छिपेको छैन ।

ह्ुन त यस पटक पौडेलको प्रतिस्पर्धीमा उम्मेदवारी दिएका दुइ युवा नेताहरु विकास केसी नेवि संघका पुर्व केन्द्रिय उपाध्यक्ष साथै प्रकाश बस्नेत हालका सचिव पनि आ आप्mनो खुबी भएका युवा नेताहरु देखिन्छन् । त्यसकारण यस पटकको प्रतिस्पर्धा निकै नै रोचक देखिन्छ तर इटहरीका काँग्रेसीहरुले कसलाई रुचाउनेछन् र कसलाई आप्mनो नेता चुन्नेछन् त्यो त हेर्न बाँकी नै छ ।

नगर अधिवेशनमा उम्मेदवारी दिएका पौडेललाई prabhaatkhabar.comप्रभातखबरको तर्फबाट हार्दिक शुभकामना ।

सम्बन्धित खवर

समाचार