Logo

मेयर चौधरी विरूद्ध दर्जनौं महिला सञ्जालको संयुक्त प्रेस विज्ञप्ति

प्रभात खबर ३१ भाद्र २०७८, बिहीबार २२:०५ मा प्रकाशित

कृष्ण कला राई
इटहरी , भाद्र ३१।
इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरीले अाफ्नो कक्षमा  सिफारिस लिन  पुगेकी महिला सीता शेर्पा राईलाई अपमानजनक ढंगले दुर्ववहार गरेको विरोधमा दर्जनौं महिला अधिकारकर्मी साथै महिला संजालले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरेको छ।
बुधवार दिउँसो नगर प्रमुखको कक्षमा सेवा सिफारिसमा तोक लगाउन पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई नगर प्रमुख चौधरीले जथाभावी अपशब्द बोलेका थिए ।
नगर प्रहरीलाई समेत अादेश दिई सिफारिसमा तोक लगाउन पुगेका सीता शेर्पा र शर्मिला भट्टराईलाई अपशब्द बोली अपमान गरेको अारोपमा महिला सञ्जालले विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति निकालेको  महिला अधिकारकर्मी योशा गुराँगाईले प्रभात खबरलाई बताइन् ।
नगर प्रमुखद्वारा अपमानित हुन पुगेकी सीता शेर्पा राई साथै शर्मिला भट्टराईले मेयरको विरोधमा अाफ्नो शान्ति सुरक्षाका लागि  बुधबार इप्रकामा समेत उजुरी दिएका छन् ।यसअघि पनि नगर प्रमुख चौधरीले महिलाप्रति अपमानजनक शब्दको प्रयोग गरेको कुरा निकै चर्चाको विषय बनेको थियो ।

सम्बन्धित खवर