Logo

कलमा चलेको जीवन

प्रभात खबर ६ आश्विन २०७८, बुधबार ११:५२ मा प्रकाशित

कृष्णकला राई
इटहरी, असोज ६
इटहरीको व्यस्त बजारमा हेर्दा ३०/३२ वर्षको एक  लक्का जवान युवक बाटोको छेउबाट कहिले दायाँ त कहिले बायाँ  अाँखा घुमाउँदै गरेको देखिन्छ। अगाडि सानो टेबल र त्यसमाथि एउटा पुरानो कल लिएर उनी बाटो हिँड्ने मानिसको भिडबाट अाफुतर्फ को बड्दैछ भन्दै टोलाइरहेको देखिन्छ ।
इटहरी मुख्य चोकको पुर्वलाइन व्यस्त बजार खण्डको रूपमा चिनिन्छ । त्यस बजार खण्डमा  सञ्चालित छन् साना- ठुला रेडिमेट कपडा पसलहरू । ती कपडा पसलहरूका अगाडि एउटा टेबल, टेबलमाथि कल अनि एउटा कुर्सी  जसमा बसेर अाएका ग्राहकहरूद्वारा ल्याएका कपडाहरू फिटिङ्स गर्दै वा प्रतिक्षामा बसेको देखिन्छन् केही दर्जीहरू। तीमध्ये ३२ वर्षीय एक युवा नाम भने रोशन हिङमाङ मुस्कान सहित ग्राहकले ल्याएका नयाँ कपडा वा पुराना कपडाहरू सिलाउँदै गरेको देखिन्छ । बुवा शिव कुमार हिङमाङ र अामा इन्दिरा हिङमाङको जेठो संतानको रूपमा २०४६ साल पुस १० गते इटहरी मा नै जन्मेका रोशन हिङमाङको दैनिकी यसरी नै बितिरहेको छ ।  कक्षा ७ सम्म मात्र  अध्ययन गरेका रोशनले अाफ्नो संतानलाई भने  उच्च शिक्षा दिने सोच राखेका छन् ।रोशन मात्र होइन उनका बुवा र भाइ पनि सोही बजारमा कल राखि दैनिक उपार्जन गर्दै गरेको देखिन्छन् ।
रोशनको विशेषता भनेको मीठो मुस्कानका साथ अाएका ग्राहकहरूलाई  सेवा प्रदान गर्ने ।त्यतिमात्र कहाँ हो र चिया समेत मगाएर मीठो गफका साथ काममा तल्लीन हुन्छन् रोशन । १३/१४”वर्षको उमेरदेखि नै काम सिकेका रोशनको  मुस्कान मात्र  राम्रो हैन काममा पनि उतिकै सिपालु छन् । लेडिज होस् वा जेन्स सबै खाले पहिरनलाई उनी ग्राहकको इच्छा अनुसार फिटिङ्स गर्न  निकै नै सिपालु छन्  रोशन । विशेषगरि कपडा पसलमा अाएका ग्राहकहरूको संख्या र अावश्यकतामा रोशनको दैनिकी निर्भर रहेको छ ।
दिनमा कति कमाइ हुन्छ भन्ने प्रश्नको जवाफमा  छोटो मुस्कान सहित कहिले १५००/- सम्म  त कहिले २/४ सय जतिमा सिमित  हुनुपर्ने रोशन बताउँछन् ।  भर्खरै प्रशासनले निशेधाज्ञा खकुलो पारेपछि  अाय अार्जन गर्न सजिलो भएको बताउँदै पुर्ण निशेधाज्ञामा जीवन चलाउन निकै नै कष्टकर रहेको र केही बचत गरेको रकमले अफ्नो परिवारको भरणपोषण गर्न सकेको तितो अनुभव सुनाउँछन् रोशन। तर यसपटक दसैंमा निशेधाज्ञा नहुने सम्भावना देखिएकाले बजारमा राम्रो चहलपहल रहेको र अाम्दानी पनि राम्रो हुने उनी बताउँछन् ।
अाफ्नो छुट्टै टेलरिङ्ग सप किन सञ्चालन नगरेको प्रश्नमा पुँजीको अभावका कारण साथै टेलरिङ्ग सम्बन्धित विशेष सीप र योग्यता अाफुसंग नरहेको उनी बताउँछन् । अाफुले संचय गरेको बचतबाट एउटा कल मात्र अाफुले जोड्न सकेको र कहिलेकाही त्यो कल पनि बिग्रेको बेला मर्मत गर्न समय लाग्ने हुनाले बेगारी भइ बस्नुपर्ने बाध्यता उनको रहेको छ। । दलितहरूको हक अधिकारका लागि अावाज उठाउने दलित संघ नभएको होइन त्यसै गरि इटहरी उपमहानगरपालिकामा पनि लक्षित वर्गकालागि भनी छुट्टै बजेटको पनि व्यवस्था रहेको छ ।  तर पनि पुँजी साथै सीप विकास तालिमको अभावमा यसरी रोशन जस्तै इटहरीका युवाहरू आत्मनिर्भर नभई परनिर्भर बन्नु परेको छ  । रोशनलाई उपमहानगरबाट के कस्तो सहयोग अहिलेसम्म प्राप्त भएको छ भन्ने प्रश्नमा केही पनि प्राप्त नभएको तर एउटा कलको सहयोग साथै सीप विकास तालिमको व्यवस्था गरिदिए अाफुलाई धेरै नै सहयोग पुग्ने उनि बताउँछन्। रोशन भन्छन् , दलित संघ नभएको हैन, नेता पनि नभएको हैन तर दलितहरूको अार्थिक उन्नतिका साथै उनिहरूको समग्र विकासका लागि नेता भनौदाहरूबाट कुनै  पहल नभएको  साथै कहि कतैबाट सहयोग नभएको कारण दलित युवाहरू महंगो ब्याजदरमा वैदेशिक रोजगार जान बाध्य भएको उनको गुनासो रहेको  छ ।त्यतिमात्र कहाँ हो र अाफ्ना संतानलाई राम्रो शिक्षा दिन सामुदायिक विद्यालयमा दलित कोटाको व्यवस्था भएतापनि सो सेवा उपभोग गर्न धेरै दौडधुप गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
रोशन एक प्रतिनिधि पात्र मात्र हुन् । रोशन जस्तै कैयन युवाहरु कि त सिमित आयमा खुम्चिएर बस्नुपर्ने बाध्यता छन् कि मह्ङो व्याजदरमा ऋण काढेर घरपरिवारबाट टाढिनुपर्ने बाध्यता रहेको छ । वर्षेनि छुट्टयाइएको बजेट सहि ठाउँमा सदुपयोग नहुँदा फ्रिज हुन पुग्छ भने अर्कोतर्फ रोशन जस्ता युवाहरू केही सहयोग भए केही गर्न सकिन्थ्यो र स्वालम्बन बन्न सकिन्थ्यो भन्ने अाशामा सरकारको अाश लगाए बसेको देखिन्छ । यसतर्फ बैलेमा सबै सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुन जरूरी देखिन्छ।
रोशन हिङमाङ्संगको कुराकानीमा अाधारित

सम्बन्धित खवर