Logo

मेयरको भाइरल हुने फेरि नयाँ काण्ड: महिला सञ्जालद्वारा नाराबाजी र प्रदर्शन

प्रभात खबर ६ आश्विन २०७८, बुधबार १९:१० मा प्रकाशित

कृष्ण कला राई इटहरी , असोज ७
इटहरीका मेयर द्वारिकलाल चौधरी फेरि चर्चामा आएका छन् । पटकपटक महिलाको विषयलाई लिएर मेयर चौधरी चर्चामा आउने गरेका छन् ।
गत भाद्र ३० गते मेयरको कार्यकक्षमा पुगेकी महिला सीता शेर्पा राईलाई अपमानजनक ढंगले दुर्ववहार गरेको विरोधमा  भाद्र ३१ गते दर्जनौं महिला अधिकारकर्मी साथै महिला संजालले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरि सार्वजनिक माफी नमागेसम्म चरणबद्ध ढंगले अान्दोलनमा उत्रिने चेतावनी  समेत दिएका थिए ।
पटकपटक फोन सम्पर्क गर्दा अाफु अस्वस्थ  रहेको जानकारी गराउने तर अन्य उपमहानगरपालिकाको कार्यक्रमहरूमा सहभागी हुने गरेको महिला अधिकारकर्मी योशा गुरागाईले बताइन् ।
नगर प्रमुखद्वारा अपमानित हुन पुगेकी सीता शेर्पा राई साथै शर्मिला भट्टराईले मेयरको विरोधमा अाफ्नो शान्ति सुरक्षाका लागि  भाद्र ३१ इप्रकामा समेत उजुरी दिएका थिए । अाज विभिन्न महिला सञ्जाल साथै महिला अधिकारकर्मीहरूले दिउँसो मेयर कक्षमा तालाबन्दी गरेका थिए । तर इप्रका का प्रहरी निरिक्षक भट्टराईको रोहवरमा ताला फुटाएको जानकारी पाएपछि फेरि गएर तालाबन्दी गरेको अधिकारकर्मी योशा गुरागाईले फोनसम्पर्कबाट प्रभात खबरलाई जानकारी दिइन् ।नगरप्रमुख चौधरीले महिलालाई गरेको अपमानजनक शब्द सार्वजनिक रुपमा माफ माग्नु पर्ने दवाव दिदै महिला सञ्जाल इटहरी, प्रोत्साहन नेपाल , महिला सहयोगी समुह , साथी फाउण्डेशन , मानव अधिकार रक्षक सञ्जाल, नारी चेतना समाज , जागृति महिला महासंघ लगायतका संघसंस्थाले उपमहानगरपालिका  अगाडि प्रर्दशन गरेका थिए ।
महिला अधिकारकर्मी कमला खड्का र योशा गुरागाईले नगरप्रमुख चौधरीले माफी नमागेसम्म आफुहरुको प्रर्दशन जारी रहने प्रभात खबरलाई prabhaatkhabar.com जानकारी दिएका छन् ।
यसअघि पनि नगर प्रमुख चौधरीले महिलाप्रति अपमानजनक शब्दको प्रयोग गरेको कुरा निकै चर्चाको विषय बनेको थियो ।

सम्बन्धित खवर