Logo

पचीरा एफ.सी. सेमीफाइनलमा प्रवेश

प्रभात खबर ९ कार्तिक २०७८, मंगलवार २०:२० मा प्रकाशित

इटहरी, कार्तिक ९
दुहबीमा सञ्चालन भइरहेको प्रथम नक आउट खुल्ला फुटबल प्रतियोगिता, २०७८ को आज मंगलवार भएको दोस्रो क्वार्टर फाइनल खेलमा मेमोरी युवा क्लबलाई २—१ को गोल अन्तरले पराजित गर्दे पचीरा एफ.सी. सेमीफाइनलमा प्रवेश गरेको छ ।


खेल शुरुवात भएको पहिलो हाफको १९औं मिनेटमा पचीरा एफ.सी.का जर्सी नं. ७का खेलाडी हर्षीत कुमार चौधरीले पहिलो गर्दै आफ्नो टिमका लागि खाता खोल्न सफल भएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिले हाफको २२औं मिनेटमा मेमोरी युथ क्लबका जर्र्सी नं. १२ का खेलाडी अभिषेक कालीकोटेले प्रतिउत्तरमा पहिलो गोल गर्दे खेललाई बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो ।


खेल अवधिको ६६औं मिनेटमा पचीरा एफ.सी.का जर्सी नं. ९का खेलाडी दिल कुमार तामांगले आफ्नो टिमका लागि दोस्रो निर्णायक गोल गर्दै टिमलाई सेमी फाइनलमा प्रवेश गराउन सफल भएका थिए । शानदार खेल प्रदर्शनका लागि पचीर एफ.सी.का जर्सी नं. ९ का खेलाडी दिल कुमार तामांग म्यान अफ दी म्याच घोषित भएका थिए भने आज भएको दोस्रो खेलका प्रमुख अतिथि अरविन्द विश्वासले चेक तथा मेडल हस्तान्तर गरेका थिए ।


भोलि हुने तेस्रो क्वार्टर फाइनल खेल सिमरिया एफ.सी. सिमरिया र दुहबी वार्ड नं.६ बीच हुने जानकारी खेल संयोजक मनीष अधिकारीले दिएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार