Logo

सिमरिया एफ.सी.लाई ट्राइ ब्रेकरमा हराउँदै दुहबी—६ सेमी फाइनलमा प्रवेश

प्रभात खबर १० कार्तिक २०७८, बुधबार २१:३९ मा प्रकाशित

इटहरी, कार्तिक १०
दुहबीमा सञ्चालन भइरहेको प्रथम नक आउट खुल्ला फुटबल प्रतियोगिता, २०७८ को आज बुधवार भएको तेस्रो क्वार्टर फाइनल खेलमा सिमरिया एफ.सी.लाई ट्राई ब्रेकरमा ४—२ को गोल अन्तरले पराजित गर्दे दुहबी —६ सेमीफाइनलमा प्रवेश गरेको छ ।


खेल शुरुआत भएको ४ मिनेटमा नै दुहबी—६ का जर्सी नं. ८ का खेलाडी नवराज कार्कीले पहिलो गोल गर्दे आफ्नो टिमका लागि खाता खोल्न सफल भएका थिए । त्यसैगरि नै दुहबी—६ का जर्सी नं. १३ का खेलाडी नारायण खड्काले २९औ मिनेटमा गरेको गोलले टिमलाई २—०ले अग्रता दिलाएका थिए ।खेल अवधिको ३६औं मिनेटमा सिमरिया एफ.सी. का जर्सी नं.७ का खेलाडी कविन्द्र चौधरीले पहिलो गोल र ४७ औं मिनेटमा जर्सी नं. ११ का खेलाडी साजन राईले गरेको दोस्रो गोलले टिमलाई बराबरीमा ल्याउन सफल भएका थिए र खेल ट्राइ ब्रेकरतर्फ धकेलिएको थियो ।


ट्राइ ब्रेकरमा दुहबी—६ ले सिमरिया एफ.सी.लाई ४—२को अन्तरले पराजित गर्दे सेमीफाइनलमा प्रवेश गरेको छ ।
आफ्ना टिमका लागि शानदार खेल प्रर्दशन गरेबापत दुहबी—६ का गोलरक्षक सुरज थापा म्यान अफ दी म्याच घोषित भएका थिए । युथ —११ एफ.सी. दुहबी —५को आयोजनामा भइरहेको प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिता २०७८ को आज बुधवार भएको तेस्रो क्वार्टर फाइनल खेलका प्रमुख अतिथि जिल्ला समन्वय समिति सुनसरीका सदस्य शम्भु विश्वासले म्यान अफ दी म्याचलाई मेडल तथा चेक हस्तान्तरण गरेका थिए ।


भोलिको अन्तिम क्वार्टर फाइनल खेल भवानीपुर एकता क्लब मोरंग र नव युवा क्लब सुकचर बीच हुने जानकारी आयोजक सदस्य मनिष अधिकारीले दिएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार