Logo

पचिरा एफ.सी. फाइनलमा प्रवेश

प्रभात खबर १२ कार्तिक २०७८, शुक्रबार २०:४४ मा प्रकाशित

इटहरी, कार्तिक १२
कृष्ण कला राई
युथ ११ एफ.सी. को आयोजनामा प्रथम पटक आयोजित प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिता २०७८ को आज शुक्रवार भएको पहिलो सेमीफाइनल खेलमा सृजनशील युवा क्लब दुहबी—६लाई २—१ को गोल अन्तरले पराजित गर्दे पचिरा एफ.सी. फाइनलमा प्रवेश गरेको छ ।


पहिलो हाफको ३२औं मिनेटमा पचिरा एफ.सी.का खेलाडी जर्सी नं. ५ का पारस चौधरीले गरेको आत्मघाती गोलले सृजनशील युवा क्लबलाई एक गोलले अग्रता दिलाएको थियो भने पचिरा एफ.सी.को तर्फबाट कुनै पनि गोल हुन सकेको थिएन।


निकै नै प्रतिस्पर्धात्मक रहेको आजको खेलको दोस्रो हाफको शुरुआतसंगै पचिरा एफ.सी.का खेलाडी जर्सी नं.२२ का करण चौधरीको शानदार गोलले दुवै टिमलाई बराबरीमा ल्याउन सफल भएको थियो ।त्यसैगरि खेल अवधिको ४७ औं मिनेटमा पुनः पचिरा एफ.सी.का खेलाडी जर्सी नं. १० का पुजन राईले गरेको गोलले पचिरा एफ.सी. लाई १ गोलले अग्रता दिलाएको थियो । खेल अवधि समाप्तीसम्म सृजनशील युवा क्लबको तर्फबाट भने कुनै थप गोल हुन सकेको थिएन ।


शानदार खेल प्रदर्शन गरेबापत पचिरा एफ.सी.का गोल रक्षक रबिन चौधरी म्यान अफ दी म्याच घोषित भएका थिए । आज भएको पहिलो सेमीफाइनल खेलका प्रमुख अतिथि एन्फा केन्द्रिय सदस्य दीपक राईले म्यान अफ दी म्याचलाई चेक तथा मेडल हस्तान्तरण गरेका थिए । युथ ११ एफ.सी. को आयोजनामा प्रथम पटक आयोजित प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिता २०७८ को प्रथम पुरस्कार राशि रु २५ हजार रहेको छ भने दोस्रो पुरस्कार राशि रु १५ हजार रहेको छ।


भोलि शनिवार हुने दोस्रो सेमीफाइनल खेल नवयुवा क्लब , सुकचर र बसन्तपुर एफ.सी., दुहबी —३ हुने जानकारी आयोजक सदस्य मनिष अधिकारीले दिएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार