Logo

बसन्तपुर एफ.सी. र पचिरा एफ.सी. बिच फाइनलमा भिड्न्त

प्रभात खबर १४ कार्तिक २०७८, आईतवार ०९:०१ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, कार्तिक १४
युथ ११ एफ.सी. दुहबीको आयोजनामा दुहबीमा सञ्चालन भइरहेको प्रथम नक आउट खुल्ला फुटबल प्रतियोगिता, २०७८ को आइतबार हुने फाइनल खेलमा बसन्तपुर एफ.सी. र पचिरा एफ.सी.बीच भिडन्त हुनेछ ।


शुक्रवार भएको दोस्रो सेमी फाइनल खेलमा नवयुवा क्लब सुकचरलाई पेनाल्टी सुट आउटमा ३—२ को गोल अन्तरले पराजित गर्दे बसन्तपुर एफ.सी. फाइनल प्रवेश गरेको हो ।निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफको २७ औं मिनेटमा बसन्तपुर एफ.सी. का खेलाडी जर्सी नं.१० अनिस चौधरीले पहिलो शानदार गोल गर्दे आफ्नो टिमका लागि खाता खोल्न सफल भएका थिए । पहिलो हाफको समाप्तिसम्म नवयुवा क्लबको तर्फबाट भने कुनै गोल हुन सकेको थिएन।


त्यसैगरि खेलको दोस्रो हाफको शुरुआतसंगै २ मिनेटमा नवयुवा क्लबका खेलाडी जर्सी नं. ९ संदिप लिम्बूले गरेको गोलले खेललाई बराबरीमा ल्याएको थियो ।
खेल अवधिको समाप्तिसम्म दुवै टिमको तर्फबाट थप कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुट आउटतर्फ धकेलिएको थियो ।
पेनाल्टी सुटमा बसन्तपुर एफ.सी. ले २ का विरुद्घ ३ गोल गरि नवयुवा क्लब सुकचरलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।दोस्रो सेमीफाइनल खेलमा राम्रो गोल बचाव गर्दे आफ्नो टिमलाई विजयी बनाउन राम्रो खेल प्रदर्शन गरेबापत बसन्तपुर एफ.सी. का गोल किपर कबिन चौधरी म्यान अफ दी म्याच घोषित भएका थिए ।


भोलि हुने फाइनल खेलमा बसन्तपुर एफ.सी. र पचिरा एफ.सी. बिच भिडन्त हुनेछ ।
युथ ११ एफ.सी. को आयोजनामा प्रथम पटक आयोजित प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिता २०७८ को प्रथम पुरस्कार राशी रु २५ हजार रहेको छ भने दोस्रो पुरस्कार राशि रु १५ हजार रहेको छ।
भोलि हुने फाइनल खेलको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar2  प्रभात खबर डट कम बाट हेर्न सक्नुहुनेछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार