Logo

युनाइटेड भेट्रानलाई ट्राइ ब्रेकरमा ३—२को गोल अन्तरले पराजित गर्दै हाम्रो धरान सेमीफाइनलमा प्रवेश

प्रभात खबर २९ कार्तिक २०७८, सोमबार २०:३५ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, कार्तिक २९
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को सोमवार भएको तेस्रो क्वार्टर फाइनल खेलमा युनाइटेड भेट्रान क्लब बिराटनगरलाई पेनाल्टी शूटमा ३—२को गोल अन्तरले पराजित गर्दै हाम्रो भेट्रान क्लब , धरानले सेमीफाइनलमा प्रवेश गरेको छ ।


पहिलो हाफको निर्धारित समयको समाप्तिसम्म दुवै टिमको तर्फबाट कुनै पनि गोल हुन सकेको थिएन। खेलको ४६औं मिनेटमा हाम्रो धरानका जर्सी नं. १२ जनक राईले शानदार गोल गर्दै आफ्नो टिमका लागि खाता खोल्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ५०औं मिनेटमा युनाइटेड भेट्रान क्लबका खेलाडी जर्सी नं. १७ का निराजन बस्नेतले जवाफी गोल फर्काउन सफल भएका थिए ।खेलको निर्धारित समयको समाप्तिसम्म दुवै टिमको तर्फबाट थप कुनै गोल हुन सकेको थिएन र खेल ट्राइ ब्रेकरतर्फ धकेलिएको थियो ।
ट्राइ ब्रेकरमा हाम्रो धरान भेट्रानले युनाइटेड भेट्रान बिराटनगरलाई ३—२को अन्तरले पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । यस अघि चौधरी ११ लाई २—० को गोल अन्तरले पराजित गर्दै हाम्रो धरानल क्वार्टर फाइनलमा प्रवेश पाएको हो ।आजको तेस्रो क्वार्टर फाइनल खेलमा राम्रो खेल प्रर्दशनका लागि हाम्रो धरानका खेलाडी यागेन्द्र राई म्यान अफ दी म्याच घोषित भएका थिए ।


दुहबी भेट्रान एफ।सी।को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ।सी। ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको छ ।


भोलि चौथो क्वार्टर फाइनल खेल भरौल भेट्रान क्लब, सुनसरी र दुहबी भेट्रान निलो आयोजक बिच हुने जानकारी क्लबका सचिव दुलिचन्द चौधरीले दिएका छन् ।
यस प्रतियोगिताको प्रथम नगद पुरस्कार राशि रु ५१ ह्जार रहेको छ भने उपविजेताले पाउनेछन् नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल । त्यसैगरि प्रत्येक खेलका म्यान अफ दि म्याचले पाउनेछन् नगद रु १ हजार भने प्रत्येक विधाका खेलाडीहरुले पाउनेछन् नगद रु २ हजार ।सरस्वती मा।वि।को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar2 बाट गरिदैछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार