कृष्ण कला राई
इटहरी, कार्तिक ३०
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को मंगलवार भएको चौथो क्वार्टर फाइनल खेलमा आयोजक नीलोलाई ४—१को गोल अन्तरले पराजित गर्दै भरौल भेट्रान क्लब, सेमीफाइनलमा प्रवेश गरेको छ ।
खेल शुरु भएको ५औं मिनेटमा भरौल भेट्रान क्लबका खेलाडी जर्सी नं. १६ तीर्थ याक्सोले पहिलो गोल गर्दै आफ्ना टिमका लागि खाता खोल्न सफल भएका थिए ।त्यसैगरि खेलको १४ औं मिनेटमा आयोजक निलोका खेलाडी जर्सी नं. दुलिचन्द चौधरीले आफ्नो टिमका लागि पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।पुनः पहिलो हाफको ३१औं मिनेटमा भरौल भेट्रानका खेलाडी जर्सी नं.१० निर्मल तामाङ्गले थप एक गोल गरि टिमलाई अग्रता दिलाए ।
निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको दोस्रो हाफको ४५ औं मिनेट र ४८ औं मिनेटमा भरौल भेट्रानका खेलाडी जर्सी नं. १६ का तीर्थ याक्सोले थप दुई र आफ्नो व्यक्तिगत तीन गोल गर्दै आफ्नो टिमको जीतलाई सुनिश्चित गरेका थिए । खेलको निर्धारित समयको समाप्तिसम्म आयोजक नीलोको तर्फबाट थप कुनै गोल हुन सकेन ।
राम्रो खेल प्रर्दशन गर्दे शानदार तीन गोल गरि आफ्नो टिमलाई विजयी बनाउँदैे सेमीफाइनलमा प्रवेश गराउने भरौल भेट्रानका खेलाडी जर्सी नं. १६ तीर्थ याक्सो म्यान अफ दी म्याच घोषित भए ।
दुहबी भेट्रान एफ।सी।को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ।सी। ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको छ ।
भोलि बुधवार हुने पहिलो सेमीफाइनल खेल हाम्रो धरान भेट्रान क्लब, सुनसरी र दुहबी भेट्रान क्लब रातो बिच हुने जानकारी क्लबका सचिव दुलिचन्द चौधरीले दिएका छन् ।
यस प्रतियोगिताको प्रथम नगद पुरस्कार राशि रु ५१ ह्जार रहेको छ भने उपविजेताले पाउनेछन् नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल । त्यसैगरि प्रत्येक खेलका म्यान अफ दि म्याचले पाउनेछन् नगद रु १ हजार भने प्रत्येक विधाका खेलाडीहरुले पाउनेछन् नगद रु २ हजार ।सरस्वती मा।वि।को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar2 बाट गरिदैछ ।