Logo

आयोजक रातोलाई ट्राइ ब्रेकरमा ६—५को गोल अन्तरले पराजित गर्दै हाम्रो धरान फाइनलमा प्रवेश

प्रभात खबर १ मंसिर २०७८, बुधबार २२:५५ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, मंसिर ०१
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को बुधवार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक रातो दुहबी भेट्रान क्लबलाई ट्राइ ब्रेकरमा ६—५को गोल अन्तरले पराजित गर्दै हाम्रो भेट्रान क्लब , धरानले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।।खेलको निर्धारित समयको समाप्तिसम्म दुवै टिमको तर्फबाट थप कुनै गोल हुन सकेको थिएन र खेल ट्राइ ब्रेकरतर्फ धकेलिएको थियो ।


ट्राइ ब्रेकरमा हाम्रो धरान भेट्रानले आयोजक रातोलाई ६—५को अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।खेल अवधिभर आफ्नो टिमका लागि शानदार बचाव गर्दे फाइनलमा प्रवेश गराउन सफल हाम्रो धरानका गोल रक्षक देवकान्त सिंह म्यान अफ दी म्याच घोषित भए ।

दुहबी भेट्रान एफ।सी।को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ।सी। ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको छ ।
भोलि बिहिवार हुने दोस्रो सेमीफाइनल खेल भरौल भेट्रान क्लब, सुनसरी र जनता भेट्रान क्लब बिच हुने जानकारी क्लबका सचिव दुलिचन्द चौधरीले दिएका छन् ।
यस प्रतियोगिताको प्रथम नगद पुरस्कार राशि रु ५१ ह्जार रहेको छ भने उपविजेताले पाउनेछन् नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल । त्यसैगरि प्रत्येक खेलका म्यान अफ दि म्याचले पाउनेछन् नगद रु १ हजार भने प्रत्येक विधाका खेलाडीहरुले पाउनेछन् नगद रु २ हजार ।सरस्वती मा।वि।को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabarबाट गरिदैछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार