Logo

जनता भेट्रान इटहरीलाई १—०को गोल अन्तरले पराजित गर्दै भरौल भेट्रानको फाइनलमा प्रवेश

प्रभात खबर २ मंसिर २०७८, बिहीबार १९:०० मा प्रकाशित

कृष्ण कला राई
इटहरी, मंसिर ०२
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को बिहीवार भएको दोस्रो सेमीफाइनल खेलमा जनता भेट्रान क्लब, इटहरीलाई १—०को गोल अन्तरले पराजित गर्दै भरौल भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ ।खेलको पहिलो हाफको १०औं मिनेटमा भरौल भेट्रानका खेलाडी जर्सी नं. २ ईश्वर कुमार कट्वालले पहिलो गोल गरेका थिए ।


कडा प्रतिस्पर्धाका साथ भरौल भेट्रानले जनता भेट्रानलाई १—०को गोल अन्तरले पराजित गर्दे फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । जनता भेट्रान क्लबको तर्फबाट भने गोल हुन सकेन।
खेल अवधिभर शानदार खेल प्रदर्शन गरेबापत भरौल भेट्रानका खेलाडी जर्सी नं. १३ चन्द्र बहादुर लिम्बू म्यान अफ दी म्याच घोषित भए ।


दुहबी भेट्रान एफ.सी.को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ।सी। ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको थियो ।


मंसिर ४ गते शनिवारको फाइनल खेल हाम्रो धरान भेट्रान एफ.सि. र भरौल भेट्रान क्लब बिच हुनेछ ।


यस प्रतियोगिताको प्रथम नगद पुरस्कार राशि रु ५१ ह्जार रहेको छ भने उपविजेताले पाउनेछन् नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल । त्यसैगरि प्रत्येक खेलका म्यान अफ दि म्याचले पाउनेछन् नगद रु १ हजार भने प्रत्येक विधाका खेलाडीहरुले पाउनेछन् नगद रु २ हजार ।सरस्वती मा.वि.को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण ल्भउब िएचबदजबबत प्जबदबचद्द बाट गरिदैछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार