Logo

२—१ गोल अन्तरले भरौल भेट्रानलाई पराजित गर्दै हाम्रो धरान भेट्रान फाइनलमा ट्रफी चुम्न सफल

प्रभात खबर ४ मंसिर २०७८, शनिबार २३:३२ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, मंसिर ०४
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को शनिवार भएको फाइनल खेलमा भरौल भेट्रान क्लबलाई २—१को गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान क्लबले आज फाइनलमा ट्रफी चुमेको छ । खेलको पहिलो हाफको समाप्तिसम्म दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफ शुरु भएको १४औं मिनेटमा हाम्रो धरान भेट्रानका खेलाडी जर्सी नं. १२ जनक सुनुवारले पहिलो गोल गरेका थिए ।त्यसै गरि दोस्रो हाफको २७ओं मिनेटमा भरौल भेट्रानका खेलाडी जर्सी नं. ७ डेनिम राईले गरेको शानदार गोलले खेललाई बराबरीमा ल्याएका थिए। भने ३०औं मिनेटमा हाम्रो धरानका खेलाडी जर्सी नं. ७ जोनी मोक्तानले आफ्नो टिमको लागि गरेको दोस्रो गोल निर्णायक गोल बनेको थियो । खेलको निर्धारित समय समाप्तिसम्म भरौल भेट्रानको तर्फबाट थप गोल हुन सकेन । यसैका साथ पहिलो पटक आयोजित प्रथम दुहबी भेट्रान आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०७८ को विजेता बन्न हाम्रो धरान भेट्रान क्लब सफल भएको छ ।


आजको फाइनल खेलको म्यान अफ दी म्याच मा हाम्रो धरानका खेलाडी जर्सी नं. १२ जनक सुनुवार घोषित भएका थिए ।खेल अवधिभर हाइ स्कोररमा भरौल भेट्रानका तिर्थ याक्सो (४गोल), बेस्ट कोचमा हाम्रो धरानका कोच विकास गुरुङ्ग, मिड फिल्डरमा हाम्रो धरानका राकेश राई,बेस्ट डिफेन्समा भरौल भेट्रानका विनय चौधरी, बेस्ट गोल किपरमा हाम्रो धरानका गोल किपर देवकान्त सिंह, साथै प्रतियोगिता अवधिभरका सर्वाेत्कृष्ट खेलाडीमा हाम्रो धरानका खेलाडी खगेन्द्र लिम्बू घोषित भए ।


दुहबी भेट्रान एफ.सी.को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ।सी। ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको थियो ।


यस प्रतियोगिता विजेता हाम्रो धरान भेट्रान क्लबले पाए नगद पुरस्कार राशि रु ५१ ह्जार, ट्रफी र मेडल साथै उपविजेताले पाएका थिए नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल प्राप्त गरे ।
विजेता र उपविजेता टिम र खेलाडीहरुलाई प्रमुख अतिथि दुहबी नगरपालिका मेयर वेदनारायण गच्छदार, विशिष्ट अतिथिहरु एन्फा केन्द्रिय सदस्य दीपक राई , एन.टिभी. इटहरी च्यानल प्रमुख पुष्पहरि क्याम्पा राई साथै दुहबी भेट्रान क्लबका अध्यक्ष निर्मल भण्डारीले ट्रफी, नगद पुरस्कार राशी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
विजेता टिम हाम्रो भेट्रान क्लब टिमलाई नेपाल प्रभात खबर२को तर्फबाट हार्दिक बधाई।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार