Logo

बैंक कर्मचारीको मिलोमतोमा लाखौं रुपैयाँँको अपचलन

प्रभात खबर २३ कार्तिक २०७८, मंगलवार १९:४४ मा प्रकाशित

हिमालराई बराहक्षेत्र, बराहक्षेत्र  नगरपालिका वडा नं २ वयरवन बजारमा रहेको सेन्चुरी कमर्सियल बैंकमा पार्वती बिष्टले जम्मा गरेको २७ लाख रुपैयाँ अपचलन दुरुपयोग गरेको अारोप वराहक्षेत्र नगर पालिका वडा नं २ पुनर्वास बस्ने पकज न्यौपानेलाई अनुसन्धान गर्न लागि नियन्त्रण लिएको कुरा इलाका प्रहरी कार्यालय चक्रधटीका इनिस्पेक्टर पाडव राजवंशीले जानकारी दिएका छन्।
घरमा पैसा राखेमा चोर,डाका लाग्ने तथा हराउने डर हुँदा प्रायः मान्छेहरुले आफुसँग रहेको रकम (पैसा)सुरक्षित रहोस भन्ने उद्देश्यले बैंकमा खाता खोलेर सुरक्षित तवरले राख्ने गरेको पाइन्छ ।
बराहक्षेत्र नगर पालिका वडा नं २ वयरवन बजारमा रहेको सेन्चुरी कमर्सियल बैंकमा भने ठिक विपरित ग्राहकले जम्मा गरेको रकम आफनो खातामा नभए पछि आर्थिक रकम अपचलन तथा दुरुपयोग भएको कुरा वाहिरीएको थियो।
पार्वती बिष्टले सेन्चुरी कमर्सियल बैक खातामा फिक्स डिपोजिट गरेर राखेको रकम २७ लाख रुपैयाँ बैंक खातामा हेर्दा सो रकम खातामा नभए पछि बैंक कै कर्मचारी केसव राईले रकम अपचलन तथा दुरुपयोग गरको कुरा उनले थाहा पाए हुन।
सेन्चुरी बैंकका साखा प्रमुखलाई छानबिन गरी दोषी माथि बैंकिङ्ग कसुर अन्तर्गत कानुन बमोजिम कारबाही तथा आफ्नो रकम सावाँ ब्याज सहितको रकम फिर्ताको माग गर्दै लिखित रुपमा पार्वती बिष्टले उजुरी दिए पछि सेन्चुरी बैंकका कर्जा प्रमुख इलाम रोङ गाउँ पालिका वडा नं ५ स्थाइ निवासी केसव राईलाई २०७८ भदौमा प्रहरीले इटहरीबाट पक्राउ गरी बैंकिङ्ग कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ।

पार्वती बिष्टका कान्छा छोरा रोहित विष्ट भन्नु हुन्छ,” बैंकमा पैसा बचत गरेको रकम सुरक्षित रहन्छ भन्ने सिद्धान्त विपरीत आमाको सेन्चुरी कमर्सियल बैंकमा फिक्स डिपोजिट गरेर राखेको रकम खाताबाट एकाएक रकम गायब भएर अर्काको खातामा रकम पुगे पछि बैंकलाई ग्राहकहरुले विश्वास गर्ने कि ? नगर्ने?” भन्ने कुरामा सङ्का उत्पन्न भएको कुरा उनले वताउदै भने आमा पार्वती बिष्टले
जम्मा गरेको रकम फर्जी चेक प्रयोग तथा नक्कली हस्ताक्षर गरेर बैंकको कर्मचारी केसव राईले खाताबाट रकम निकाली न्यौपानेको खातामा ९ लाख रकम जम्मा गरेको सो रकम केही समय पछि पकज न्यौपानेले चेक काटी रकम खाताबाट निकालेर प्रयोग गरेको कुरा स्टेटमेन्टमा देखिएको कुरा आरोप छोरा रोहित विष्टले लगाएका छन्।
सेन्चुरी कमर्सियल बैंकको कर्मचारी केसव राईसगको मिलोमतो  बिना कसरी सम्भव हुन्छ ? विष्टले प्रति प्रस्न गरे ।
इलाका प्रहरी कार्यालय चक्रघटीले पकज न्यौपानेलाई अनुसन्धान गर्नका लागि नियन्त्रण लिएको कुरा स्वीकार गरेकोो  छ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार