Logo

प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ भोलिदेखी शुरु

प्रभात खबर २४ कार्तिक २०७८, बुधबार १२:३८ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, कार्तिक २४
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ भोलिदेखी शुरु हुने भएको छ । दुहबी भेट्रान एफ.सी.को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ.सी. ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा.वि.को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहने क्लबका अध्यक्ष रुद्र बहादुर खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


विगत एक वर्षदेखि विभिन्न भेट्रान फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाइसकेको यस क्लबले प्रथम पटक यस प्रतियोगिताको आयोजना गरेको हो ।आजको पत्रकार सम्मेलनमा, कार्तिक २५देखि मंसिर ४ गतेसम्म संचालन हुने प्रतियोगितामा खेलाडीहरुका लागि जनता मेडिकलका डाक्टर सुराम खाँले जर्सी उपलब्ध गराएका छन् ।


यस प्रतियोगिताको प्रथम नगद पुरस्कार राशि रु ५१ ह्जार रहेको छ भने उपविजेताले पाउनेछन् नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल । त्यसैगरि प्रत्येक खेलका म्यान अफ दि म्याचले पाउनेछन् नगद रु १ हजार भने प्रत्येक विधाका खेलाडीहरुले पाउनेछन् नगद रु २ हजार । यस खेलका मुख्य प्रायोजकहरुमा पशुपति खाद्य तेल तथा स्वदेशी साबुन उद्योग प्रा.लि. र सह प्रायोजकमा यति ब्रुअरी प्रा.लि.छन् भने सहयोगी संस्थाहरुमा दुहबी नगरपालिका, एलेभन एरोज क्लब, सिमरन स्टेशनी, सुनसरी सामुदायिक अस्पताल प्रा.लि.,का साथ सरस्वती मा.वि. रहेका छन् । यस खेलको अनुमानित खर्च रु ५ लाख रहेको छ ।
सरस्वती मा.वि.को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar2 बाट गरिनेछ ।

सम्बन्धित खवर

समाचार