Logo

हाम्रो धरान भेट्रान एफ.सी. क्वार्टर फाइनलमा प्रवेश

प्रभात खबर २६ कार्तिक २०७८, शुक्रबार ०८:३५ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, कार्तिक २६
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को विहीवार भएको पहिलो उद्घाटन खेलमा चौधरी ११ सिद्राह, मोरंगलाई २ —० को गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।


पहिलो हाफको निर्धारित समयसम्म दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफको २३औं मिनेटमा हाम्रो धरानका खेलाडी जर्सी नं.७ का जोनी मोक्तानले पहिलो र २९ औं मिनेटमा जर्सी नं. १० का खेलाडी डिल्लीराम श्रेष्ठको दोस्रो गोलले हाम्रो धरान भेट्रान एफ.सी.लाई क्वार्टर फाइनलमा प्रवेश गराएको छ भने चौधरी ११को तर्फबाट कुनै गोल हुन सकेन ।
खेल अवधिभर राम्रो खेल प्रर्दशनका लागि हाम्रो धरान भेट्रानका खेलाडी जर्सी नं. १० का डिल्लीराम श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका थिए । एन्फा केन्द्रिय सदस्य दिपक राईले म्यान अफ दी म्याचलाई मेडल र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।


दुहबी भेट्रान एप.सी.को आयोजनामा प्रथम पटक सो खेल आयोजना गरिएको हो । स्वस्थ शरिरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नै ध्येयका साथ “ एक घण्टा व्ययाम, नागरिकहरुका लागि सुनौलो आयाम” भन्ने नाराका साथ दुहबी भेट्रान एफ.सी. ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको छ ।

यस प्रतियोगिताको प्रथम नगद पुरस्कार राशि रु ५१ ह्जार रहेको छ भने उपविजेताले पाउनेछन् नगद पुरस्कार राशि रु ३१ ह्जार ट्रफि र मेडल । त्यसैगरि प्रत्येक खेलका म्यान अफ दि म्याचले पाउनेछन् नगद रु १ हजार भने प्रत्येक विधाका खेलाडीहरुले पाउनेछन् नगद रु २ हजार ।आज शुक्रवार हुने दोस्रो प्रि क्वार्टर फाइनल खेल भरौल भेट्रान क्लब, सुनसरी र मिल्स भेट्रान क्लब रानी, मोरंग बिच हुने जानकारी दुहबी भेट्रान क्लबका अध्यक्ष रुद्र भण्डारीले दिएका छन् ।


सरस्वती मा.वि.को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण ल्भउब िएचबदजबबत प्जबदबचद्द बाट गरिदैछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार