Logo

भरौल भेट्रानको शानदार जीतसंगै क्वार्टर फाइनलमा प्रवेश

प्रभात खबर २७ कार्तिक २०७८, शनिबार ०९:१४ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, कार्तिक २७
प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को शुक्रवार भएको दोस्रो प्रि क्वार्टरफाइनल खेलमा मिल्स भेट्रान रानी, मोरंगलाई ६ —० को गोल अन्तरले पराजित गर्दै भरौल भेट्रान क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।


पहिलो हाफको १२ औं मिनेटमा भरौल भेट्रानका खेलाडी जर्सी नं. १६ तीर्थ याक्सोेले पहिलो गोल, १५ औं र २९औं मिनेटमा जर्सी नं. १५ दिपेन राईले दोस्रो र तेस्रो गोल गरेका थिए भने मिल्स भेट्रानको तर्फबाट भने कुनै गोल हुन सकेको थिएन ।
त्यसैगरि खेलको दोस्रो हाफको ८औं मिनेटमा भरौल भेट्रानका खेलाडी जर्सी नं.१५ दिपेन राईले चौथो र आफ्नो व्यक्तिगत तेस्रो गोेल गरेका थिए । दोस्रो हाफको १३ औं मिनेटमा जर्सी नं. ९ जीवन सुब्बाले ५औ. र १७ औं मिनेटमा जर्सी नं. १० का निर्मल तामांगले गरेको ६औं गोलले भरौल भेट्रान लाई क्वार्टर फाइनलमा प्रवेश गराएको छ ।खेल अवधिभर शानदार तीन गोल गर्दे राम्रो खेल प्रदर्शनका लागि भरौल भेट्रानका खेलाडी जर्सी नं. १५ दिपेन राई म्यान अफ दी म्याच घोषित भएका थिए ।


दुहबी भेट्रान एफ.सी. ले दुहबीको इतिहासमा पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीहरुलाई लक्षित गरि प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । सरस्वती मा।वि।को खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा सुनसरी र मोरंग जिल्लाका १० वटा भेट्रान फुटबल टिमको सहभागिता रहेको छ ।
आज शनिवारको तेस्रो प्रि क्वार्टर फाइनल खेल कुलिफुयाङ्ग भेट्रान क्लब, बिराटनगर र दुहबी भेट्रान आयोजक बिच हुने जानकारी दुहबी भेट्रान क्लबका अध्यक्ष रुद्र भण्डारीले दिएका छन् ।
सरस्वती मा.वि.को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारणNepal Prabhaat Khabar2 बाट गरिदैछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार