Logo

लोकतन्त्र हो कसैको माथि चाँहि दवाब डाल्न सकिन्दैन आग्रह गर्न सकिन्छ ः मंत्री यादव

प्रभात खबर २६ फाल्गुन २०७८, बिहीबार २२:०१ मा प्रकाशित

कृष्णकला राई
इटहरी, फाल्गुण २६
प्रदेश १ नामाकरणको सम्बन्धमा किरात राई यायोक्खा सुनसरीले आज बिहिवार वृहत् मोटरसाइकल र्याली आयोजना गरेको थियो । हजारौंको उपस्थिती रहेको उक्त र्याली धरान देखि इटहरी हुँदै बिराटनगर प्रदेश सरकारको प्रदेश सभा सचिवालयसम्म पुगी कोण सभामा परिणत भएको थियो ।


प्रदेश १ को नामाकरण किरात प्रदेश हुनुपर्ने सम्बन्धमा यस अघि पनि पटक पटक ज्ञापन पत्र बुझाइ सकेको तर प्रदेश सरकारको तर्फबाट खासै सुनवाइ नभएको र वर्तमान सत्तारुढ गठबन्धनको प्रदेश सरकारको ध्यानाकर्षण गराउन चौथो पटक स्मरण पत्र प्रदेश १ नामाकरणका समन्वयकर्ता एवम् स्वास्थ्य मंत्री जयराम यादवलाई बुझाइएको जानकारी किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले दिनुभयो ।

प्रदेश १ नामाकरणका समन्वयकर्ता एवम् स्वास्थ्य मंत्री जयराम यादवले आफुलाई बुझाएको प्रदेश १को नामाकरण किरात प्रदेश हुनुपर्ने मागसहितको स्मरण पत्र बारे आफु पहिचानको मुद्दाबाट नै यस स्थानसम्म आइपुगेको र किरात प्रदेश नामाकरण बारे आफ्नो पुर्ण व्यक्तिगत प्रयास र समर्थन रहने तर लोकतन्त्र हो कसैको माथि चाँहि दवाब डाल्न सकिन्दैन आग्रह मात्र गर्न सकिन्छ बताउनु भयो ।
किराया सुनसरीको आयोजनामा भएको दवाबमूलक मोटरसाइकल र्यालीमा किराया केन्द्रिय कार्यसमितीका सचिव अर्जुन जम्मेली, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समितिका अध्यक्ष राम मान्डुपा राई , किरात केन्द्रिय कार्यसमिति सदस्य नगेशचन्द्र राई, एवम् किराया सुनसरीका सचिव नविन राईको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार