कृष्ण कला राई
इटहरी , ३१ वैशाख
इटहरीमा अहिलेसम्मको ३ वटा वडाहरु को १२सय मतगणना सकिँदा कांग्रेसले २३४ मतले अग्रता हासिल गरेको छ ।
इटहरीको १,२ र २० वडाहरुमा जम्मा १५,१३७ खसेको मतमध्य हालसम्म १२०० मतगणना हुँदा गठबन्धनका हेमकर्ण पौडेलले ५७९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि , एमालेतर्फका उम्मेद्वार यामकुमार सुब्बाले भने ३४५ मत प्राप्त गरेका छन् । अहिलेसम्म नेपाली काङ्रेसले इटहरी उपमहानगरपालिकामा अग्रता लिइरहको प्राप्त मतपरिणामले देखाउछ।