कृष्ण कला राई
इटहरी , ३१ वैशाख
इटहरीमा अहिलेसम्मको ४वटा वडाहरु को मतगणना सकिँदा मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट पौडेलले ४०५ मतले अग्रता हासिल गरेका छन् ।
इटहरीको १,२, १९ र २० वडाहरुमा जम्मा १९,२४१ खसेको मतमध्ये हालसम्म भएको मतगणना हुँदा काँग्रेस तर्फका हेमकर्ण पौडेलले ११२९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि , एमालेतर्फका उम्मेद्वार यामकुमार सुब्बाले भने ७२४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयर पदका लागि गठबन्धन तर्फका उम्मेद्वार केशव बिष्टले ७५५ र एमाले तर्फबाट संगीता चौधरीले ७९३ मत प्राप्त गर्दै ३८ मतले अग्रता लिएकी छिन् ।अहिलेसम्म नेपाली काङ्रेसले इटहरी उपमहानगरपालिकामा मेयर पदमा ४०५अग्रता लिइरहेको प्राप्त मतपरिणामले देखाउछ।