धनकुटा जिल्लामा पहिलो पटक दलित वडाध्यक्ष पदमा निर्वाचित
प्रभात खबर
५ जेष्ठ २०७९, बिहीबार १८:०८ मा प्रकाशित
इटहरी, ज्येष्ठ ५
कृष्ण कला राई
यस पटकको स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पहिलो पटक धनकुटा जिल्ला अन्तर्गत महालक्ष्मी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदमा नेपाली काँग्रेसतर्फका उम्मेद्वार ५० वर्षीय शिवराज विश्वकर्मा अत्यधिक मतान्तरले विजयी भइ अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचित वडाध्यक्ष विश्वकर्माले जम्मा ६५२ मत प्राप्त गरि आफ्नो निकटम प्रतिस्पर्धी नेकपा एमालेतर्फका उम्मेद्वार डम्बर बहादुर कार्कीलाई २६६ मतान्तरले पराजित गरेका हुन् । यस वडामा विश्वकर्मा सहितको प्यानल विजयी भएको हो ।
यस अघिको स्थानीय निर्वाचनमा विश्वकर्मा सोही नेकपा एमालेका उम्मेद्वार डम्बर बहादुर कार्कीसंग ८ मतको अन्तरले पराजित भएका थिए ।