Logo

जनता माविको पहलमा समग्र इटहरीको शैक्षिक योजना २०७९ बनाउने तयारी

प्रभात खबर १५ जेष्ठ २०७९, आईतवार १२:२३ मा प्रकाशित

कृष्ण कला राई

इटहरी , जेष्ठ १५
जनता मावी इटहरीको आयोजनामा जेष्ठ १४ गते विद्यालयको समग्र शैक्षिक अवस्थाका समस्या,चुनौती तथा सम्भावनाका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालकाे अध्यक्षता, प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख  रमेश प्रसाद दाहाल, विशेष निमन्त्रणा शिक्षा विकास तथा मानवस्राेत केन्द्र, सानाेठिमी भक्तपुरका उपमहानिर्देशक श्री रुद्रप्रसाद अधिकारी तथा विशिष्ट अतिथि शिक्षा युवा तथा खेलकुद माहाशाखा इटहरी प्रमुख सुर्यप्रसाद सुवेदी र शाखा अधिकृत  फाल्गुनीप्रसाद काफ्ले, अतिथि मा ९ नम्बर वडा अध्यक्ष जितेन्द्र थापा,साथै  इटहरी उपमहानगरपालिका भित्रका सम्पूर्ण ३४ सामुदायिक  विध्यालयका प्र.अ. तथा वि. व्य.स.अध्यक्षहरुकाे उपस्थितिमा विद्यालयको समग्र शैक्षिक अवस्थाका समस्या,चुनौती तथा सम्भावनाका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम जनता माध्यमिक विद्यालयको आयोजनामा भएको हो ।उक्त एकदिनै छलफल कार्यक्रम अन्तर्गत भौतिक व्यवस्थापन, शैक्षिक व्यवस्थापन , आन्तरिक स्रोत व्यवस्थापन, पाठ्यक्रम कार्यान्वयनको अवस्था , विद्यार्थी भर्ना, परिक्षा र मुल्यांकन, विद्यालय समुदाय सम्बन्ध एवम्  विपदप्रती कार्ययोजना निर्माण र कार्यन्वयन बारे  विभिन्न शिर्षकहरुमा छलफल भएको जानकारी विद्यालयका प्र.अ. पशुपति सिग्देलले दिएका छन् ।कार्यक्रममा, ६ वटा समुह बनाइ समुह लिडरको प्रस्तुतीकरणमा शैक्षिक कार्यशालामा विभिन्न बुदाहरु प्रस्ताव गरिएको  थियोे  ।कार्यक्रममा भएको छलफलले जेष्ठ १९ गते पुनः इटहरीका सबै सामुदायिक विद्यालयद्वारा यहि विषयमा गहन छलफल गरि समग्र  इटहरीका लागि  एउटा शैक्षिक योजना  २०७९ बनाउने निर्णय गरिएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार