इटहरी , जेष्ठ १६
आइतबार बिहान हराएको तारा एयरको विमान दुर्घटना भएको स्थान नेपाली सेनाले पत्ता लगाएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत तारा एयरको हराएको विमान दुर्घटना भएको स्थल नेपाली सेनाको खोजी र उद्धार टोलीले पत्ता लगाएको र थप विवरण आउन बाँकी रहेको कुराको जानकारी दिएका हुन् ।
तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको हो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।