Logo

एक्सनमा इटहरीका मेयर हेमकर्ण

प्रभात खबर १७ जेष्ठ २०७९, मंगलवार ०९:४९ मा प्रकाशित

कृष्णकला राई
जेष्ठ १७, मंगलबार
केही दिन अघि सामाजिक सञ्जालमा  इटहरी अपडेट नाम गरेको पेजले  हेल्लो मेयर हेमकर्ण ज्यु !
बन्दैन बसेर विकसित इटहरी ,
छिटो पुर्नुस् गेटैको पोखरी  ।
हिजोआजै यस्तो छ झन् वर्षातमा कस्तो होला ?
लाजको पसारो
भनी हालिएको पोस्टमा धेरै जनाले आआफ्नो अभिव्यक्तिहरु प्रकट गरेका थिए। वास्तवमा इटहरीमा डुबानको कथा र समुचित निकासा नभएको समस्या पहिलेदेखि नै  हो।
झनै इटहरी उपमहानगरपालिकाको गेट अगाडि पानी जम्ने कुनै नौलो कथा हैन। भर्खरै ५ वर्ष कार्यकाल सकेर निवर्तमान मेयर द्वारिकलाल चौधरी  अन्यत्र जेसिभि लिएर त निस्केका देखिए तर आफू नियमित आवतजावत गर्ने पालिका गेट अगाडिको पानी जमेको खाल्डो कहिले देखेनन् भनी जनगुनासो पनि देखियो ।ण भर्खरै  वैशाख ३० गते स्थानीय तहको  निर्वाचन सकिएको र स्थानीय तहका मेयर र उपमेयर लगायत सबै २० वटै वडाका जनप्रतिनिधिहरूले शपथ ग्रहणको कार्यक्रम सकि आफ्नो नगर र वडाको वस्तुस्थिति बुझ्न नपाइ विगतका सुधार नभएका कुरालाइ लिएर सामाजिक सञ्जालमा नियतवश वा परिस्थितिवश यस प्रकारको पोस्टले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल  साथै पालिका रहेको वडा ६का अध्यक्ष दिवस पोख्रेलको ध्यानाकर्षण आफुतर्फ तानेको छ। परिणामस्वरूप आज बिहानैदेखी पालिका गेटको अगाडि सडक साथै ढल व्यवस्थापनको कार्यको शुरुआत भएको देखियो। यस मर्मत र ढल निकासा कार्यस्थलमा स्वम् मेयर पौडेल र वडाध्यक्ष पोख्रेलको उपस्थित रहेको थियोे ।
वास्तवमा विगत लामो समयदेखि इटहरीवासीहरूले खेप्नुपरेको बाडीको समस्यालाई नै अाफ्नो पार्टीको  घोषणापत्रको मुख्य बुँदामा राखि निकै लामो समयदेखि सामाजिक सेवा र राजैतिक क्षेत्रमा सक्रिय पौडेलले यसपटकको स्थानीय चुनावमा मेयरको उम्मेदवारी दिएका थिए । अहिलेसम्म समाधान हुन नसकेको यो मुख्य समस्यालाई नै प्राथमिकतामा राखि अाफ्नो मत दिएर इटहरी वासीले पौडेललाई मेयर पदमा विजयी बनाएका हुन् ।  नगरवासीको यहि विश्वासलाई कायम राख्न अहिले इटहरी उपमहानगरपालिकाका मेयर विहानैदेखि अबेर साँझसम्म पालिकामा वा सम्बन्धित फिल्डमा देखिन्छन् । अब हेर्न बाँकी नै छ मेयर पौडेलले इटहरी वासीको यो विश्वासलाई कहिलेसम्म कायम राखि राख्नेछन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार