Logo

पहिलो गोली मलाई लाग्नेछ: दिवस राई अध्यक्ष किराया

प्रभात खबर ३ श्रावण २०७९, मंगलवार ०९:१५ मा प्रकाशित

कृष्ण कला राई
इटहरी , श्रावण ३
प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै किरात राई यायोक्खाले  सोमबार दवाबस्वरूप वृहत् मोटरसाइकल र्यालीसहित मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभा घेराउ गरेको छ ।
प्रदेश१ को नामाकरण किरात प्रदेश हुनुपर्छ भन्ने मागका साथ  दवाबस्वरुप किरायाले मुख्यमन्त्रीको कार्यालय घेराउ गर्नुको साथै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ६औं  पटक ज्ञापन पत्र बुझाएको हो ।
मुख्यमन्त्री कार्यालय अगाडि आम सभालाई सम्बोधन गर्दे राईले पुर्खाहरूको इतिहासलाई पुनःस्थापित गर्न तागत सामर्थ्य र हिम्मतका साथ  सम्पुर्ण किरातीहरू सडकमा उत्रिसकेको  र आम किरातीहरूलाई नडराइ आन्दोलनमा अगाडि बढ्न आह्वाहन गर्दै राज्यद्वारा आन्दोलनको मोर्चामा  कुनै पनि प्रकारको हस्तक्षेप भएको खण्डमा आफु सबैको सुरक्षाको ग्यारेन्टी लिंदै  यदि कसैले गोली चलाएछ भने पहिलो गोली थाप्न आफु तयार रहेको बताए।
अध्यक्ष राईले अब किरातीहरू यो मुद्दा टुंगो नलागेसम्म मर्न र मार्ने सबै हिसाबले सडकमा उत्रिसकेको र यस आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने र बढ्ने क्रममा कसै कुनै नेता वा पार्टीले धराशायी गर्ने  किसिमको मनशायका साथ हस्तक्षेप गरेमा खबरदार भन्दै चेतावनीसमेत दिएका छन् ।
चार किरातहरूको सहभागीता रहेको  बृहत् मोटरसाइकल र्यालीमा किरात राई यायोक्खा बेलायतको तर्फबाट  अध्यक्ष योगेश कोयी राई समेतको सहभागीता रहेको थियोे । अध्यक्ष कोयी राईले आफु बाध्यतावश सात समुन्द्र टाढा विदेशीयता पनि आफ्नो पहिचान सभ्यता , इतिहास ,  संस्कार र संस्कृति भुल्न नसकिने बताएका छन् ।
मुख्य मन्त्री कार्यालय घेराउका साथै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएपश्चात् उक्त र्यालीले प्रदेश सभा भवनको समेत घेराउ गरेको थियोे । १ नं. प्रदेश किरात प्रदेश १ किरात प्रदेश विरोधी होशियार भन्दै नाराबाजीका साथ आम किरातीहरूले प्रदेशसभा घेराउ गरेका थिए । प्रदेश सभा घेराउ गर्ने क्रममा किराया अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिवद्वय जनक राई, दोर्पाध्वज राई लगायत अभियन्ताहरूले प्रदेश सभामुख प्रदिप भण्डारी साथै उपसभामुख सरस्वती पोख्रेलसँग समेत भेटवार्ता गरेका थिए । लामो समयदेखि प्रदेश नं.१ को नामाकरण यहाँ आदिकालदेखि बसोबास गर्दै आइरहेका किरातीहरूको पुर्खाले थालनी गरेको मानव सभ्यता  किरात सभ्यताको नाममा पहिचानको आधारमा राखिनुपर्छ भन्ने  किरायाले माग गर्दै आइरहेको छ । यसपटक भने अन्तिम रूपमा किरायाले आफुलाई प्रस्तुत गर्दै माग सम्बोधनका साथ पूरा नभएको खण्डमा सशक्त रूपमा मर्न र मार्ने तयारीका साथ आम किराती आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
मोटरसाइकल र्‍यालीमा भोजपुर, उदयपुर , धनकुटा, पाँचथर, झापा, मोरङ, सुनसरी, सिराह सप्तरीबाट हजारौंको संख्यामा आम किरातीहरूको   सहभागीता रहेको थियोे ।

सम्बन्धित खवर

समाचार