Logo

नेफिन इटहरीको नेतृत्वमा चिरहाङ राई

प्रभात खबर ७ श्रावण २०७९, शनिबार २२:२१ मा प्रकाशित

कृष्ण कला राई
श्रावण ७, इटहरी
नेपाल अादिवासी जनजाति महासंघ इटहरी महानगर समन्वय परिषदको ४औं अधिवेशन आज शनिबार सम्पन्न भएको छ । १६ जाति रहेको नेफिन इटहरी महानगरको आज सम्पन्न भएको ४औं अधिवेशनबाट अध्यक्ष पदका लागि उम्मेदवार गुरुङ समुदायबाट दिलीप गुरुङलाई पराजित गर्दै  किरात  राईतर्फबाट प्रतिनिधित्व गरेका चिरहाङ राईले अत्यधिक मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष कर्ण बिक्रम लिम्बूको सभापतित्वमा सम्पन्न अधिवेशनमा अध्यक्ष , सचिव, सहसचिव पदका लागि  निर्वाचन  भएको थियोे । निर्वाचन प्रक्रियाबाट, अध्यक्ष पदमा चिरहाङ राई, सचिव पदमा टार्जन सुनुवार, र सहसचिव पदमा गुञ्ज माझी , तुलसी प्रसाद धिमाल,लक्ष्मी प्रकाश श्रेष्ठ  बहुमत प्राप्त गरि विजयी भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नामावली  यस प्रकार रहेको छ ।
अध्यक्ष : चिरहाङ राई ( किराया)
उपाध्यक्ष : चन्द्रबहादुर तामाङ (नेपाल तामाङ घेदुङ)
:नैन बहादुर भुजेल(भुजेल सेवा समाज)
:चन्द्र कुमारी मण्डल (नेपाल धानुक समाज)
सचिव     : टार्जन सुनुवार (सुनुवार सेवा समाज)
सहसचिव : गुन्जमान माझी( नेपाल माझी उत्थान संघ)
:तुलसी प्रसाद धिमाल (धिमाल जाति विकास केन्द्र )
:लक्ष्मी प्रकाश श्रेष्ठ (नेवा:दये दवु)
कोषाध्यक्ष : छिरिङ शेर्पा (नेपाल शेर्पा संघ)
सदस्य       : भगिश्वर पयाङ्गो लिम्बू (कियाचु)
:कृष्ण बहादुर जिमी( किरात याक्खा छुम्मा)
:भरतमान थामी(नेपाल थामी समाज)
:पन्देन भोटे( नेपाल भोटे जनजाति )

सम्बन्धित खवर

समाचार