Logo

विशाल जनसागरले घेर्यो प्रदेश सभा भवन: सबैको संयुक्त एउटै आवाज प्रदेश १ को नाम किरात प्रदेश

प्रभात खबर ९ श्रावण २०७९, सोमबार १२:१८ मा प्रकाशित

कृष्णकला राई
इटहरी , श्रावण ९
किराया केकास को आयोजनामा हिजो श्रावण ८ गते हजारौंको जनसागरले विराटनगर महानगर परिक्रमा गर्दै प्रदेश सभाको भवन घेराउ गरेको थियो । प्रदेश १ को नामाकरणका लागि हिजो यानी श्रावण ८ प्रदेश सभाको बैठक  बस्ने सूचना पाएपछि किरायाले सांस्कृतिक झाँकीसहितको वृहत् र्याली र प्रदेश सभाको घेराउको कार्यक्रम तय गरेको थियोे । प्रदेश सभा भवनभित्र प्रदेश नामाकरणलाई लिएर विशेष  छलफल र बहस चलिरहँदा दवाबस्वरूप बृहत् अाम सभाले साथै अर्को तर्फबाट पनि अादिवासी जनजाति महासंघले पनि प्रदेश सभा घेराउ गरेको थियोे ।
किरात प्रदेशको नामाकरण किरात सभ्यताको पहिचानको अाधारमा हुनुपर्छ भन्ने माग निकै लामो समयदेखि किरायाले गर्दै अाइरहेको छ । पटकपटक ज्ञापन पत्र र स्मरण पत्र र शिर्ष नेताहरूसँगको भेट र विशेष छलफल गरिरहँदा पनि कुनै सुनुवाइ नभएको र मृत चिजहरूको नाममा प्रदेश १ को नामाकरण कुनै पनि हालतमा स्विकार्य हुनेछैन  भन्ने अाम किरातीहरूको चाहना र माग रहेको भन्दै वृहत् मानवसागरलाई लिएर किरायाले प्रदेश सभा भवनको घेराउ गरेकोे थियो ।
प्रदेश सभाभित्र चलिरहेको छलफल र बहस बाहिर दवाबमुलक अाम सभाका कारण बिचमा नै स्थगित हुन पुग्यो ।
प्रदेश १ को नामाकरण पहिचानको अाधरमा  किरात प्रदेश हुनुपर्छ र यसको विरोध सदनभित्र रहेका अाफ्नो माअोवादी पार्टीका कुनै १ ले पनि पहिचानको विरोधमा बोलेमा कुनै पनि किराती १ मिनेट माअोवादी पार्टीभित्र नरहने माअोवादि निकटतम किरात मुक्तिमोर्चाका उपाध्यक्ष अशोक राईले वृहत अामसभालाई घोषणा गरे। त्यसैगरि नेपाल अादिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष गेल्जे शेेेर्पाले हाम्रो अस्तित्व हाम्रो पहिचान हामीलाई चाहिन्छ ।चार वर्षदेखि प्रदेशको नामाकरण गर्न नसक्ने सांसदहरू जसरी राई, लिम्बू , गुरूङ, शेर्पाले दिएको भोटले  माननीय बनेका छन् त्यसरी नै  पहिचान विरूद्धका उनीहरूको  हैसियत गाउँपालिकाको वडाको अध्यक्षभन्दा तला हुनेछ भन्दै   हिमाल पहाडको नाम स्विकार हुनेछैन भनी खुलेअाम चेतावनी दिँदै बृहत् अामसभालाई सम्बोधन गरेका थिए ।
यसैगरी किराया केकास केन्द्रीय अध्यक्ष दिवस राईले सबै खालका ऐतिहासिक तथ्य प्रमाणको अाधारमा किरात प्रदेश माग गरेको हो भनि अाउने चुनावमा यदि  जनताको अभिमत चाहिन्छ  भने किरात प्रदेश देउ नत्र भोलि नाङ्गोझार हुँदै  बाटोमा अाउनुपर्ने भनी चेतावनी दिँदै पहिचान सहितको  किरात प्रदेशको नामाकरण हुनुपर्ने भनी सम्बोधन गरेका थिए ।
किरात प्रदेश अभियान अन्तर्गत १ नं प्रदेशको नाम किरात प्रदेश नामाकरण गराउन विराटनगरको गणतन्त्र चोकदेखी बसपार्क ,  हस्पिटल चोक हुँदै प्रदेश सभाभवन सम्म आयोजित र्‍याली सहितको बृहत जनप्रदर्शन र कोणसभामा किराया जिकास सुनसरी, मोरङ, झापा , इलाम ,उदयपुर  र जिल्ला मातहतका सम्पुर्ण गाउँनगर र वडा समितिहरू, सुनसरी जिल्ला स्तरीय नेपाल भुजेल सेवा समाज, सुनुवार सेवा समाज, किरात याख्खा छुम्मा, माझी उत्थान संघ, किरायामा आवद्ध किरात राई जन्य विभिन्न थरगर भाषिक र भातृ संस्थाहरू , किरात राष्ट्रिय मुक्ति मोर्चा, किरात खम्बुवान साझा पार्टी,:१ नं प्रदेशमा रहेका किरायाको जिल्ला कार्यसमितिहरू ताप्लेजुङ , पाँचथर , धनकुटा , भोजपुर , सङखुवासभा, खोटाङ ,ओखलढुंगा, तेह्रथुम , सोलुखुम्बु , किराया महानगर कार्यसमिति विराटनगर , किराया १ नं प्रदेश समन्वय समिति, किराया बेलायतको सहभागीता रहेको थियो ।
प्रदेश सरकारको  अवधि  समाप्त हुन लगभग साढे चार महिना बाँकी छ, र अहिलेसम्म प्रदेशको नामाकरण हुन नसक्नु एकातर्फ लज्जास्पद कुरा हो भनी अर्को तर्फअवधि सकिने बेला सदन  नामाकरणको विषयले तातिरहेको छ।

सम्बन्धित खवर

समाचार