Logo

मदन पुरस्कार २०७८ को श्रेष्ठ सूचीमा  दिपा मेवाहाङ राईको कविता सङ्ग्रह ‘यादको सन्दुक’

प्रभात खबर २६ श्रावण २०७९, बिहीबार २०:०८ मा प्रकाशित

कृष्ण कला राई
२०७९ श्रावण २३
मदन पुरस्कार २०७८ को अन्तिम सूची सार्वजनिक भएको छ । १० पुस्तकहरुको श्रेष्ठ सुची तयार गर्न गठित समितिले ८ पुस्तकहरु छनौट गरेका छन् । मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूमध्ये डा. नवराज लम्सालको अग्नि, वसन्त बस्नेतको महाभारा, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, डा. दामोदर पुडासैनी ‘किशोर’को  ग्रिष्मको नीलो बतास, दिपा मेवाहाङ राईको यादको सन्दूक , डा. नीलमणि ढुंगानाको  व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश), सुजित मैनालीको सति: इतिहास र मीमांसा, पद्मसुन्दर जोशीको हिति प्रणाली पुस्तक रहेका छन् ।
दक्षिण कोरियालाई कर्मथलो बनाउदै आएको  दिपा मेवाहाङ राईको पहिलो कवितासंग्रह ‘यादको सन्दुक’ सहित ८ पुस्तकहरू मदन पुरस्कार– २०७८ को श्रेष्ठ सूचीमा परेका हुन् ।फिनिक्स बुक्सद्धारा प्रकाशित उक्त संग्रहले पाठकको मन जित्नका साथै मदन पुरस्कार गुठीको उत्कृष्ट ८ मा आफ्नो स्थान बनाउन  सफल भएको हो ।
प्रभात खबरको तर्फबाट दिपा मेवाहाङ राईलाई हार्दिक बधाईका साथै मदन पुरस्कारका लागि हार्दिक शुभकामना ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार