Logo

यारी चलचित्रको च्यारेटी सो इटहरीमा : अक्षयकोष खडा गर्न सुम्निमाको पहल

प्रभात खबर ३० कार्तिक २०७९, बुधबार १५:४८ मा प्रकाशित

कृष्णकला राई
इटहरी, कार्तिक ३०
युवराज राईद्वारा  निर्देशन गरिएको राई संस्कार र संस्कृतिमा अाधारित चलचित्र यारीको च्यारेटी शो इटहरीमा भएको छ। सुम्निमा जिल्ला कार्यसमितिद्वारा सुम्निमा  प्रतिभा सम्मान पुरस्कार २०७९ का लागि अक्षय कोष सहयोगार्थ सो चलचित्रको च्यारेटी शो सेन्ट्रल प्लाजा इटहरीको सिनेमाहलमा अाज एक अौपचारिक कार्यक्रम गरि शुरू गरिएको हो । सुम्निमा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष साथै पुर्व जिल्ला अध्यक्ष सीता राईको प्रमुख अातिथ्य एवम् जिल्ला कार्यसमितिका अध्यक्ष सविता राईको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि च्यारेटी शो शुरु गरिएको हो।
इटहरीमा एक छुट्टै पहिचान बनाउन सफल किरात राई सुम्निमा संघ जिल्ला कार्यसमितिले यस अघि पनि विभिन्न कार्यक्रम अायोजना गरि अाफ्नो भवन समेत निर्माण गरिसकेको साथै यसपटक भने सुम्निमा प्रतिभा पुरस्कार २०७९ का निम्ति अक्षयकोष खडा गर्ने उद्देश्य राखि यस यारी चलचित्रको च्यारेटी शोको आयोजना गरिएको जिल्ला अध्यक्ष सविता राईले बताइन् ।
च्यारेटीको पहिलो शो हेर्नका लागि निकै नै जनमासको उपस्तिथि  देखिएको थियो भने कार्यक्रममा स्वम् यारि चलचित्रका निर्देशक युवराज राई, किराया केन्द्रीय सदस्य कमला राई, सुम्निमा केन्द्रीय कार्यसमितिका सचिव माया राई, मोरंग सुम्निमा जिल्ला कार्यसमितिका अध्यक्ष भगवती राई , सुम्निमा नगर कार्यसमितिका अध्यक्ष बन्दना राई लगायतको उपस्थिति रहेको थियोे । अाज भएको च्यारेटी शोमा लगभग ५०० जनाले विभिन्न टिकट दरमा टिकट खरिद गरि उक्त अक्षयकोष स्थापनार्थ सहयोग गरेका थिए।

सम्बन्धित खवर

समाचार