इटहरी, माघ १३ गते
इटहरी उपमहानगरपालिकाले आज मुख्य चौकमै डोजर चलाएको छ । विराटनगर लाइनको गोल्डेन चौकदेखि दक्षिणतर्फ रहेका एक भवनमा उपमहानगरले डोजर चलाएको हो ।
उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो ।
निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले बाधा अवरोध पुर्याउँदै आएको थियो ।
सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब उपमहानगरले नियमित रूपमा भत्काउने नगर प्रमुख पौडेलले बताए ।