कृष्णकला राई
इटहरी, फाल्गुण २१
इटहरी उप.महानगरपालिका वडा नं.८ को आयोजनामा सञ्चालन भएको वडाध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७९ को आज भएको पहिलो खेलमा जागृती टो.वि.सं.लाई ६—४को गोल अन्तरले पराजित गर्दै गोदावरी टो.वि.सं. सेमिफाइनलमा प्रवेश गरेको छ ।खेलमा आफ्नो व्यक्तिगत ५ गोल गर्न सफल गोदावरी टो.वि.सं.का खेलाडी जर्सी नं ९मनिष गच्छदार म्यान अफ दी म्याच घोषित भएका थिए ।
त्यसैगरि आज भएको पहिलो सेमीफाइनल खेल वडा कार्यालय ८ ले ६—२को गोल अन्तरले पशुपति टो.वि.सं.लाई पराजित गर्दे फाइनल खेलमा प्रवेश गरेको छ । खेलको शुरुवातसंगै वडा कार्यालय ८को तर्फबाट टिम क्यापटन वडाध्यक्ष रोहित चौधरीले पहिलो गोल गर्दै आफनो टिमका लागि खाता खोल्न सफल भएका थिए । त्यसरी गरि दोस्रो गोल जर्सी नं. ७ का खेलाडी सन्दीप बास्तोलाले गरेका थिए भने तेस्रो, चौथो र पाँचौ तीन व्यक्तिगत गोल गर्न सफल वडा नं. ८ का खेलाडी सविन खड्का म्यान अफ दी म्याच घोषित भएका थिए ।पहिलो सेमीफाइनल खेलको दोस्रो हाफमा पुनः टिम क्याप्टन वडाध्यक्ष रोहित चौधरीले थप १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने पशुपति टो.वि.सं.का तर्फबाट खेलाडी जर्सी नं. ७ का शम्भु भगतले पहिलो र जर्सी नं.६ का खेलाडी विनय चौधरीले दोस्रो गोल गर्न सफल भएको थिए ।
यसैगरि आज भएको दोस्रो सेमिफाइनल खेलमा गोदावरी टो.वि.सं.ले शिवालय टो.वि.सं.लाई ५—२ को गोल अन्तरले पराजित गर्दे फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल भएको हो । गोदावरी टो.वि.सं.को तर्फबाट खेलाडी जर्सी नं. ११ का राजु बाँनियाले २ गोल गरेको थिए भने जर्सी नंं. ९का खेलाडी मनिष गच्छदारले व्यक्तिगत ३ गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाउँदै उत्कृष्ट खेल प्रर्दशन गर्दे आज भएको दोस्रो सेमिफाइनल खेलका म्यान अफ दी म्याच घोषित भएका थिए ।अर्कोतर्फ शिवालय टो.वि.सं. का तर्फबाट खेलाडी नविन चौधरीले पहिलो गोल साथै मनोज चौधरीले दोस्रो गोल गरेका थिए ।
बढ्दो उमेरमा खेलकुदको माध्यमद्वारा शरीरमा सुस्वास्थय कायम गर्न सकिने भएकाले यस वडाध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिता २०७९को आयोजना विगतका वर्षदेखि गर्दे आइरहेको इटहरी वडा नं. ८ का वडाध्यक्ष रोहित चौधरीले बताए ।
भोलिको फाइनल खेल शिवालय टो.वि.सं.का विरुद्घ वडा कार्यालय ८ विच हुने वडा कार्यालय ८ का सचिव घनश्याम गिरीले बताए । यस वडाध्यक्ष भेट्रान कपका विजेता टिमले पाउनेछ नगद पुरस्कार राशि रु ३० हजार भने उपविजेता टिमले पाउनेछ नगद पुरस्कार राशि रु २० हजार ट्रफिसहित ।